चेल्सीको जितमा पेड्रो निर्णायक (भिडियोसहित)

चेल्सीका लागि गोल गरेपछि पेड्रो ।

एजेन्सी । प्रि–सिजन टुर अन्तरगत अष्ट्रेलियामा रहेको इङलिस क्लब चेल्सीले सोमबार आफ्नो पहिलो खेलमा जितका साथ प्रि–सिजनको शुरुवात गरेको छ । पर्थस्थित अप्टस स्टेडियममा सम्पन्न पहिलो खेलमा चेल्सीले घरेलु प्रतिद्वन्द्वी पर्थ ग्लोरीलाई शुन्यकाविरुद्ध १ गोलले हरायो ।


चेल्सीको जितमा खेल शुरु भएको पाँचौं मिनटमै पेड्रो रोड्रिग्वेजले गरेको एक मात्र गोल खेलको निर्णायक बन्न पुग्यो । यो जितसँगै यसै सिजन क्लबको जिम्मेवारी सम्हालेका नयाँ प्रशिक्षक मौरिजियो सार्रीले चेल्सीमा आफ्नो व्यवस्थापकीय जिम्मेवारी पनि जितका साथ शुरु गर्न सफल भएका छन् ।

हेर्नुहोस म्याच हाईलाईट भिडियो :


प्रतिक्रिया दिनुहोस

Loading...