चर्चित बन्दै पोर्चुगिज स्टार रोनाल्डोको यो तस्विर

एजेन्सी । भर्खरै इटालियन च्याम्पियन युभेन्ट्समा आवद्ध भएका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले आफू सर्वोत्कृष्ट रहेको दावीहरुलाई बल दिंदै आफ्नो इन्स्टाग्राममा एउटा फोटो शेयर गरेका छन् । यो पोस्टमा रोनाल्डोले आफ्नो नाइकीको केही उत्पादनहरुको प्रोमोट गरिरहेका छन् ।

रोनाल्डोद्वारा पोस्ट गरिएको यो तस्विरमा उनले आफ्नो लिभिङ्ग रुममा नाइकीको टिसर्ट लगाएर केही जुत्ताहरु देखाईरहेका छन् । उनले यो फोटोको क्याप्सनमा लेखेका छन्, स्टाईलमा कन्फिडेन्स । नाइकीको आफ्नो मनपर्ने जुत्ता हेरिरहेको छु । फोटोमा रोनाल्डोको यो पोस्टभन्दा उनको ब्याकग्राउण्ड बढी गाढा देखिएको छ ।

फ्यानहरुले यो तस्विरको ब्याकग्राउण्डमा एउटा टिशर्ट देखेका छन्, जसमा लेखिएको छ GOAT, जसको अर्थ हुन्छ ‘ग्रेटेस्ट अफ अल टाईम’ । रोनाल्डोका फ्यानहरुलाई एउटा कुरा याद छ, जब रोनाल्डोले गत बर्ष पाँचौंपटक बेलन डि’अर जितेका थिए, त्यतिबेला उनले भनेका थिए, “म कसैलाई पनि आफूभन्दा उत्कृष्ट देख्दिन ।

कोही पनि खेलाडी यस्तो कुरा गर्न सक्दैन, जो म आफै गर्न सक्दिन । तर म ती कुराहरुलाई देख्छु जो अरुले देख्न सक्दैनन् । म भन्दा सबल अरु कोही खेलाडी छैन । राम्रो र नराम्रो क्षणहरुमा म इतिहासको उत्कृष्ट खेलाडी हुँ ।”

स्मरणीय छ कि रोनाल्डोको यो बयानपछि बार्सिलोनाका प्रवक्ता जोसेफ वाइब्सले भनेका थिए, “रोनाल्डो र बेलन डि’अरलाई सम्मान । हामीले यी पोर्चुगिज स्टारलाई एक महान खेलाडीका साथै महान प्रतिद्वन्द्वीका रुपमा मानेका छौं । केम्प नोउमा हामीले हरेक १५ दिनमा इतिहासको बेस्ट प्लेयरलाई देख्ने गर्छौं र उनी लियोनल मेसी हुन् ।”

यो सर्वोत्कृष्टताको मुद्दा निकै रोचक पनि छ जुन पछिल्लो एक दशकदेखि चल्दै आईरहेको छ । प्रायःजसो मेसी र रोनाल्डोमा को उत्कृष्ट भन्ने कुरामा चर्चा चलिरहन्छ । ला लिगामा सधै जसो यी दुई स्टारको तुलना हुने गर्दथ्यो, तर अब रोनाल्डो सिरि ए पुगीसकेका छन् । हुनसक्छ यति लामो समयदेखि चलिआएको यो मुद्दा पनि अहिले आएर समाप्त भएको हुनसक्छ ।


प्रतिक्रिया दिनुहोस

Loading...