च्याम्पियन्स कपमा लिभरपुलको हार (भिडियोसहित)

एजेन्सी । प्रि–सिजन टुर अन्तरगत इन्टरनेशनल च्याम्पियन्स कप खेल्न अमेरिकामा रहेको इङलिस क्लब लिभरपुलले आफ्नो पहिलो खेलमा बोरुसिया डर्टमुण्डसँग हार बेहोरेको छ । अमेरिकाको चार्लोट्टेस्थित बैंक अफ अमेरिका स्टेडियममा भएको खेलमा लिभरपुल १–३ ले पराजित हुन पुग्यो ।

खेलमा शुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा रेड्सले हार बेहोर्न पुग्यो । अधिकांश दोस्रो रोजाईका खेलाडी लिएर उत्रिएको लिभरपुलका लागि २५ औं मिनटमा स्टार डिफेन्डर भर्जिल भान डाईकले गोल गर्दै टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए । यद्यपि डर्टमुण्डका लागि क्रिष्टियन पुलिसिकले ६६ औं मिनटमा पेनाल्टीबाट बराबरी गोल फर्काए ।

त्यस्तै ८९ औं मिनटमा पुलिसिकले नै जर्मन क्लबका लागि दोस्रो गोल गरे भने अन्तिमतिर इन्जुरी समयमा (९०+३ औं मिनटमा) ज्याकोब लार्सेनले तेस्रो गोल गर्दै डर्टमुण्डको जित पक्का गरेका थिए । प्रतियोगितामा यो र्डटमुण्डको दोस्रो जित थियो । यसअघि उसले अर्को इङलिस क्लब म्यानचेष्टर सिटीलाई हराएको थियो ।

हेर्नुहोस म्याच हाईलाईट भिडियो :


प्रतिक्रिया दिनुहोस

Loading...