पोर्चुगल र इटाली यु–२० विश्वकपका लागि छनौट (भिडियोसहित)

गोल गरेपछि खुशी मनाउँदै पोर्चुगलका खेलाडी (रातो जर्सीमा) ।

एजेन्सी । आगामी बर्ष पोल्याण्डमा आयोजना हुन लागेको फिफा यु–२० विश्वकपका ला्िग युरोपबाट पोर्चुगल र इटाली छनौट हुन सफल भएका छन् ।

फिनल्याण्डमा जारी युईएफए युरोपियन यु–१९ च्याम्पियनसिपतर्फ पोर्चुगल र इटाली समूह ए को शिर्ष दुई स्थानमा रहन सफल भएपछि यी दुई टोली जारी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नुका साथै फिफा यु–२० विश्वकपका लागि समेत छनौट भएका छन् । पोर्चुगल यु–२० विश्वकपमा ११ औं पटक छनौट हुन सफल भएको छ भने इटालीको यो छैठौं सहभागिता हुनेछ ।


समूह ए तर्फ आइतबार सम्पन्न खेलमा पोर्चुगलले आयोजक फिनल्याण्डमाथि ३–० को शानदार जित हात पार्यो । पोर्चुगलका लागि पेड्रो फिलिपे, जोसे गोमेस र मेसाकी डिजुले एक–एक गोल गरे । यो जितसँगै ३ खेलबाट ६ अंक जोडेको पोर्चुगल समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्यो ।

त्यसैगरी आइतबार नै भएको अर्को खेलमा इटालीलले नर्वेसँग १–१ गोलको बराबरी खेल्यो । यो बराबरीसँगै ३ खेलबाट ७ अंक जोडेको इटाली शिर्ष स्थानमा रहँदै समूह विजेता बन्यो । उता ४ अंकका साथ तेस्रो स्थानमा रहेको नर्वेको प्ले अफमार्फत विश्वकप खेल्ने सम्भावना कायम छ । त्यसैगरी अंकविहीन पुछारमा रहेको फिनल्याण्ड भने प्रतियोगिताबाट बाहिरिएको छ ।

पोर्चुगल र फिनल्याण्डको हाईलाईट भिडियो हेर्नुहोस :

इटाली र नर्वेको हाईलाईट भिडियो हेर्नुहोस :


प्रतिक्रिया दिनुहोस

Loading...