बाजी हारेपछि इङल्याण्डको जर्सीमा इङल्याण्डको खेल हेर्न वेम्बलीमा आउँदै ज्लाटन

एजेन्सी । स्वीडीस स्टार ज्लाटन इब्राहिमोभिचले छिट्टै इङल्याण्डको जर्सी लगाउनेछन् र वेम्बली स्टेडियममा थ्री लायन्सले खलिरहेको खेल हेर्नेछन् । साथै आफ्नो पूर्व क्लब पिएसजीका टिममेट तथा चर्चित इङलिस फुटबलर डेभिड बेकह्यामसँगै बसेर माछा र चिप्स खाँदै खेलको आनन्द लिनेछन् ।

स्मरणीय छ कि रसिया विश्वकपको क्वाटरफाइनलमा इङल्याण्डले स्वीडेनलाई पराजित गरेपछि इङल्याण्डका पूर्व कप्तान बेकह्यामले स्वीडेनका पूर्व कप्तान ज्लाटनसँग राखेको बाजी जितेका थिए ।


ज्लाटनले बेकह्यामलाई चुनौति दिंदै भनेका थिए, “यो डेभिड बेकह्याम । यदि इङल्याण्डले यो भिडन्त जिते म तिमीलाई दुनियाँको जुनै कुनामा पनि डिनर खुलाउँछु । र यदि स्वीडेनले यो म्याच जित्यो भने मलाई त्यो कुरा चाहिन्छ जुन आइकेइए (IKEA) मा पाईन्छ । ओके ?”

अनि बेकह्यामले जवाफमा लेखेका थिए, “यदि स्वीडेनले जित्यो भने म तिमीलाई व्यक्तिगत रुपमै आइकेइए (IKEA) मा लैजानेछु र तिमीलाई लस एन्जल्सको घरमा चाहिने कुरा किनिदिनेछु । तर यदि इङल्याण्डले जित्यो भने तिमी वेम्बली स्टेडियममा आएर इङल्याण्डको एउटा म्याच हेर्नुपर्नेछ । साथै खेलको हाफ टाईममा माछा र चिप्सको स्वाद पनि लिनु ।”


अहिले आएर रसिया विश्वकप समापन भएपछि ज्लाटनले यो बार्जी हारेपछि बीबीसी रिपोर्टसँग कुरा गर्दै भनेका छन्, “डेभिड हामीले एउटा बाजी लगाएका थियौं । त्यसमा म हारेँ । म इङल्याण्ड टिमलाई हेर्न वेम्बली आउँदैछु । म माछा र चिप्सको आनन्द पनि लिनेछु । मलाई शान्त हुन केही समय देउ । म हारेंँ तर म ठिक छु, म गेमको पर्खाईमा छु ।”


प्रतिक्रिया दिनुहोस

Loading...