विलियनका लागि बार्सिलोनाले गर्यो तेस्रोपटक महँगो बीड

एजेन्सी । स्काई स्पोर्टस् न्युजका अनुसार बार्सिलोनाले चेल्सीका ब्राजिलियन विंगर विलियनका लागि ५५ मिलियन पाउण्ड भन्दा बढी रकमको तेस्रो पटक प्रस्ताव गरेको छ ।

स्मरणीय छ कि ला लिगा च्याम्पियनले पछिल्लो साता पनि ५३ मिलियन पाउण्डको दोस्रो बीड गरेको थियो । जुन बीडलाई चेल्सीले अस्वीकार गरेको थियो । यद्यपि यसबारे दुवै क्लबका प्रतिनिधिबीच आवश्यक कुराकानी जारी रहेको छ ।


स्काई स्पोर्टस्को दावी अनुसार बार्सिलोनाले विलियनका लागि तीन महिना अघि पहिलोपटक बीड गरेको थियो । त्यतिबेला स्पेनीस जायन्ट विलियनले च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलमा गरेको प्रदर्शनबाट प्रभावित भएको थियो ।

विलियन पछिल्लो सिजन चेल्सीको बर्ष खेलाडी घोषित भएका थिए र च्याम्पियन्स लिगमा बार्सिलोनाविरुद्ध चेल्सीका लागि विलियनले मात्र गोल गरेका थिए । एटलेटिको मेड्रिडका स्टार फरवार्ड एन्टोइन ग्रीजमन नोउ क्याम्प नआउने भएपछि बार्साले विलियनप्रति चासो दिन शुरु गरेको थियो र त्यसका लागि क्याटलन क्लब अझै प्रयासरत छ ।


बार्सिलोना बाहेक म्यानचेष्टर युनाइटेडले पनि विलियनमाथि चासो दिईरहेको छ । तर चेल्सीले आफ्नो निकट प्रतिद्वन्द्वीलाई आफ्नो स्टार विंगर बेच्न चाहँदैन । चेल्सीले हालै आफ्नो पूर्व म्यानेजर एन्टोनियो कोन्टेलाई बर्खास्त गरेको थियो । कोन्टेसँग विलियनको राम्रो सम्बन्ध नरहेको बताईन्छ ।

अहिले आएर विलियनका लागि गरिएको कुनै पनि प्रस्तावका लागि चेल्सीले आफ्नो वर्तमान म्यानेजर मौरिजियो सार्रीसँग सल्लाह गर्न चाहन्छ । चेल्सीले विलियनका लागि ७० मिलियन युरोको मुल्य तोकेको छ । विलियनले चेल्सीका लागि २३६ खेल खेल्दै ४४ गोल समेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...