नेमार र एम्बाप्पेबीच निकै विशेष सम्बन्ध छ : खलिफी

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) का अध्यक्ष नासेर अल खलिफीका अनुसार क्लबका दुई स्टारद्वय नेमार र किलियन एम्बाप्पेबीच विशेष सम्बन्ध रहेको बताएका छन् । साथै यी दुई स्टारबीच मनमुटावको हल्ला केवल मिडियाहरुले फैलाएको समेत बताएका छन् ।

खलिफीका अनुसार नेमार र एम्बाप्पेले सन् २०१८–१९ को सिजन एकसाथ खेल्ने समेत स्पष्ट पारे । स्मरणीय छ कि यी दुई स्टारहरुको नाम युरोपियन च्याम्पियन रियल मेड्रिडसँग जोडिएर आईरहेको थियो । यद्यपि हालै रियलले एक वक्तव्य जारी गर्दै यी दुई खेलाडीका लागि कुनै प्रस्ताव नगर्ने बताएको थियो ।

गत सिजनको अन्तिमतिर नेमार चोटिल हुँदै मैदान बाहिर बस्नु परे तापनि पिएसजीले उनाई एमरीको व्यवस्थापकीय जिम्मेवारीमा तीन घरेलु उपाधि जितेको थियो । साथै खलिफीले यी दुई स्टार फरवार्डले क्लबका नयाँ म्यानेजर थोमस टुचेलको व्यवस्थापनमा पनि उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।


अलिफी भन्छन्, “नेमार र एम्बाप्पेबीच विशेष सम्बन्ध छ । उनीहरु एक अर्काका लागि शानदार छन् । बाँकी सबै पत्रकारहरुले बनाएको कथाहरु हो । दुवैबीच झगडा हुनु सम्भव छैन । दुवै एक साथ खेलेर खुशी छन् । आगामी महिना यी दुवै खेलाडी फेरि एकसाथ हुनेछन् । एउटा कुरा स्पष्ट छ कि यी दुई मध्ये कुनै खेलाडी पनि कतै जाने छैनन् ।”

भर्खरै रुसमा सम्पन्न फिफा विश्वकपको उपाधि फ्रान्सले जितेको थियो भने एम्बाप्पेले उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका थिए । उता नेमारको अगुवाईमा रहेको ब्राजिलियन टोली भने बेल्जियमसँग पराजित हुँदै क्वाटरफानलबाटै बाहिरिएको थियो ।

यसबारे खलिफीले कुरा गर्दै अगाडी भनेका छन्, “विश्वकपमा मेरा खेलाडीहरु उत्कृष्ट थिए । ब्राजीललाई निकै दबाब थियो तर फ्रान्सको विश्वकप यात्रा निकै शानदार रह्यो र उनीहरु विश्वकप उपाधिको हकदार थिए । यस प्रतियोगितामा एम्बाप्पे अतुल्य थिए र नेमार पनि चोटका बावजुद उत्कृष्ट लयमा थिए । उनले आफ्नो तर्फबाट सक्दो मेहनत गरे ।”


प्रतिक्रिया दिनुहोस

Loading...