च्याम्पियन्स कपमा म्युनिखसँग पिएसजी पराजित (भिडियोसहित)

एजेन्सी । बुण्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले इन्टरनेशनल च्याम्पियन्स कपमा शानदार जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ । अष्ट्रियाको क्लेगनफर्टमा सम्पन्न खेलमा म्युनिखले फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ३–१ ले हरायो ।

अधिकांश दोस्रो रोजाईको खेलाडी लिएर उत्रिएको पिएसजीले खेलमा शुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा पराजित हुन पुग्यो । खेलको ३१ औं मिनटमा टिमोथी वियाहको गोलबाट पिएसजीले शुरुवाती अग्रता लिएको थियो ।


यद्यपि दोस्रो हाफमा आक्रमक देखिएको म्युनिखका लागि ६० औं मिनटमा जेभियर मार्टिनेजले बराबरी गोल फर्काए । लगतै ६८ औं मिनटमा रेनाटो सान्चेजले म्युनिखका लागि दोस्रो गोल गरे भने ७८ औं मिनटमा जोशुवा जिर्जीले म्युनिखका लागि तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।

आफ्ना स्टार खेलाडीहरु नेमार, किलियन एम्बाप्पे, एडिन्सन काभानी तथा थियागो सिल्भाहरु रसिया विश्वकपछि आराममा रहेकाले पिएसजीको प्रदर्शन केही फितलो समेत देखिएको थियो ।

हेर्नुहोस भिडियो :


प्रतिक्रिया दिनुहोस

Loading...