प्रभावशाली जितका साथ चौथो स्थानमा उक्लियो रोहितको टोली जकार्ता (भिडियोसहित)

काठमाडौं (खेलदैनिक) । इण्डोनेसियन सुपर लिगमा व्यवसायिक फुटबल खेलिरहेका नेपाली राष्ट्रिय फुटबलर रोहित चन्दको टोली पर्सिजा जकार्ताले प्रभावशाली जित हात पार्दै लिगतालिकाको चौथो स्थानमा उक्लिएको छ ।

शनिबार सम्पन्न खेलमा जकार्ताले मित्र कुकरलाई २–० ले हरायो । जकार्ताको जितमा ओसस मार्भेलुस र मार्को सिमिकले एक–एक गोल गरे । यो जितसँगै १७ खेलबाट २५ अंक जोडेको जकार्ता लिगतालिको चौथो स्थानमा उक्लिएको छ । लिग अन्तरगत जकार्ताले आफ्नो आगामी खेल जुलाई २७ तारीखका दिन भयङ्गकारासँग खेल्नेछ ।

(तस्विर : लिगा इण्डोनेसिया)

म्याच हाईलाईट भिडियो हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस

Loading...