एनफिल्ड आउन दुई युरोपियन जायन्टको प्रस्ताव अस्वीकार गरेको यी स्टार मिडफिल्डरको खुलासा

एजेन्सी । मिडफिल्डर नाबी केइटाको दावीअनुसार उनले लिभरपुलबाट खेल्न युरोपियन जायन्ट बार्सिलोना र बायर्न म्युनिखको प्रस्ताव अस्वीकार गरेका थिए । केइटा यसै समरमा जर्मन क्लब आरबी लिपजिगबाट ५२ मिलियन पाउण्डमा एनफिल्ड आएका थिए ।

गिनीका यी २३ बर्षिय सुपरस्टारले लिभरपुलका लागि फाबिन्हो र कप्तान जोर्डन हेन्डरसनसँग एनफिल्डमा सँगै खेल्नेछन् । केइटाले दावी गर्दै भनेका छन् कि उनले एनफिल्डमा आउन ला लिगा च्याम्पियन बार्सिलोना र बुण्डेसलिगा च्याम्पियन बायर्न म्युनिखको प्रस्ताव अस्वीकार गरेका थिए ।


केइटाले गार्जियनसँग बार्सिलोना र म्युनिखको प्रस्तावबारे बोल्दै भनेका छन्, “यो साँचो हो कि मेरो लागि अन्य क्लबहरु पनि इच्छुक थिए । तर मैले प्रशिक्षकका लागि एनफिल्डमा आउन चाहन्थें । हामीबीच धेरै कुरा भएको थियो । उनले आफ्नो योजनाका लागि मसँग जे कुरा पनि गरेका थिए, त्यसले म प्रभावित भएको थिएँ ।

मैले क्लबको विकास भइरहेको देखेको थिएँ । त्यसपछि मैले साडियो मानेसँग पनि लामो कुराकानी गरेको थिएँ । साडियो र म दाजुभाई जस्तो छौं । हामी साल्जबर्गमा सात महिना सँगै रहेका थियौं । हामी त्यतिबेला देखि नै राम्रो साथी थियौं । उनले मलाई लिभरपुलको बारेमा बिस्तृत रुपमा बताएका थिए ।”


केइटाले अगाडी भनेका छन, “मलाई लाग्दैन कि लिगको शारीरिक पक्ष नै पहिलो प्राथमिकता हो । मेलै धेरै इङलिस फुटबल हेरेको छु र म आफूलाई यहाँ अभ्यस्त पार्न तयार छु । म बल जित्न मन पराउँछु । म सधै जित्न मन पराउँछु, त्यसैले म मैदानमा निकै आक्रमक हुन्छु ।

जब म मैदानमा प्रवेश गर्छु तब मेरो पहिलो काम नै राम्रो डिफेन्ड गरेर गोल नखानु हुन्छ । त्यसपछि म अग्रपंक्तिमा फरवार्डहरुका लागि अवसर पनि सिर्जना गरिदिन्छु । यदि मलाई अवसर मिल्यो भने म गोल गर्न पनि मन पराउँछु । तर म एउटा टिम प्लेयर पनि हो ।”


प्रतिक्रिया दिनुहोस

Loading...