विश्वकिर्तिमानी गोलरक्षक एलिसनले गरे यस्तो खुलासा !

च्याम्पियन्स लिगमा एलिसन (निलो) र सलाह भिड्ने क्रममा ।

एजेन्सी । विश्व कै सबैभन्दा महँगा गोलरक्षकका रुपमा लिभरपुल आएका ब्राजिलियन स्टपर एलिसनले आफूलाई एनफिल्ड आउन एजिप्शियन स्टार मोहमद सलाहले म्यासेज गरेको खुलासा गरेका छन् । एलिसन र सलाहले एएस रोमामा रहँदा सन् २०१६–१७ को सिजन सँगै खेलेका थिए ।

एलिसनका अनुसार सलाहले उनलाई म्यासेज गर्दै लिभरपुलमा आउन प्रोत्साहित गरेका थिए । लिभरपुलले केही दिन अघि मात्र एलिसनलाई विश्व किर्तिमानी रकम ७२.५ मिलियन युरो (६६.८ मिलियन पाउण्ड) मा रोमाबाट अनुबन्ध गरेको थियो ।


एलिनसले एनफिल्डमा ६ बर्षको सम्झौता गरेका छन् । पछिल्ला दुई सिजनदेखि उनी रोमामा आवद्ध थिए । साथै उनले गत सिजन क्लबका लागि ३७ म्याच खेलेका थिए भने रोमालाई च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुराउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

एलिसनका अनुसार आफ्नो लिभरपुल स्थानान्तरणबारे कुरा भईरहँदा सलाहले उनलाई म्यासेज गरेका थिए । लिभरपुलको आधिकारिक वेबसाईटसँग कुरा गर्दै उनले भनेका छन्, “जब उनले (सलाह) रोमा छोडे तब हामी खासै सम्पर्क थिएनौं । तर गत अप्रिलमा च्याम्पियन्स लिगको सेमिफाइनलमा एक आपसमा भिड्दा हाम्रो दोस्रोपटक भेट भएको थियो ।


उनले मलाई म्यासेज गरेका थिए र लेखेका थिए ‘हे, तिमीले के कुरालाई पर्खिरहेका छौ ?’ त्यतिबेला लिभरपुलसँग मेरो अनुबन्धको कुरा लगभग अन्तिम चरणमा पुगिसकेको थियो । अनि मैले जवाफ दिएँ ‘शान्त बस, म आउँदैछु’ ।

मलाई खुशी लागेको छ कि म उनीसँग फेरि खेल्दैछु । उनी एक शानदार खेलाडी हुन् र ड्रसिङ रुममा उनको भूमिका अझ ठूलो हुन्छ । उनी एक रमाइलो व्यक्ति हुन् र त्यो सबैभन्दा आवश्यक छ । यी शानदार खेलाडीहरुसँग मैले सधै अभ्यास गर्नु एउटा उत्कृष्ट क्षण हुनेछ ।”


प्रतिक्रिया दिनुहोस

Loading...