प्रि–सिजन टुरको पहिलो खेल मै हार्यो इङलिस च्याम्पियन सिटी (भिडियोसहित)

एजेन्सी । प्रि–सिजन टुरको पहिलो खेलमै इङलिस च्याम्पियन म्यानचेष्टर सिटी जर्मन क्लब बोरुशिया डर्टमुण्डसँग पराजित हुन पुगेको छ । सिकागोमा सम्पन्न खेलमा अधिकांश युवा खेलाडीलाई लिएर उत्रिएको सिटी डर्टमुण्डसँग १–० ले पराजित हुन पुग्यो ।


डर्टमुण्डको जितमा खेलको २८ औं मिनटमा जर्मन स्टार मारियो गोजेले पेनाल्टीबाट एक मात्र निर्णाक गोल गरे । यसै सिजन सिटीमा आवद्ध भएका अल्जेरियन स्टार रियाद महरेजले सिटीको जर्सीमा डेब्यु गरे तापनि उनले सिटीलाई हारबाट जोगाउन सकेनन् ।

हेर्नुहोस म्याच हाईलाईट भिडियो :

 


प्रतिक्रिया दिनुहोस

Loading...