यदि जर्जिन्हो सिटीमा आवद्ध भएको भए त्यो उनको गल्ती हुने थियो : गार्डिओला

चेल्सीमा आवद्ध भएपछि जर्जिन्हो (बाँया) तथा मौरिजियो सार्री ।

एजेन्सी । म्यानचेष्टर सिटीका म्यानेजर पेप गार्डिओलाका अनुसार यदि इटालियन मिडफिल्डर जर्जिन्होले चेल्सीमा आवद्ध हुन चाहेका थिए भने उनले यो अवस्थामा सिटीलाई रोजेको भए त्यो उनको गल्ती हुने बताएका छन् ।

म्यानचेष्टर सिटीले जर्जिन्होका लागि नापोलीसँग स्थानान्तरण मुल्यलाई लिएर सहमति बनाईसकेको थियो । यद्यपि उनले आफ्नो पूर्व प्रशिक्षक मौरिजियो सार्रीसँगै काम गर्नका लागि सार्रीसँगै चेल्सीमा आवद्ध हुने निर्णय लिएका थिए । रिपोर्टका अनुसार यो सम्झौतापछि सिटी नापोलीसँग आक्रोशित भएको थियो र सिटीले जर्जिन्होलाई जबरजस्ती स्टामफोर्ड ब्रीज पठाइएको अनुमान लगाएको थियो ।


आफूले चाहेको टप मिडफिल्डरलाई अनुबन्ध गर्न नपाएपछि सिटीका म्यानेजर गार्डिओलाले भनेका छन्, “होइन, म निराश छैन । हामीले प्रयास गरेका थियौं, तर म हरेक खेलाडीहरुलाई सुझाव दिन चाहन्छु कि उनीहरुलाई जहाँ मन लाग्छ केवल त्यति जानुपर्छ् ।


यदि उनले (जर्जिन्हो) मौरिजियोसँग चेल्सी जाने निर्णय गरेका थिए भने उनी सिटीमा आएको भए त्यो उनको गल्ती हुने थियो । यो आवश्यक छ कि इङलिस फुटबललाई एक असाधारण खेलाडी मिलोस् । यदि उनले चेल्सीमा आवद्ध हुने निर्णय लिएका छन् भने हामी उनलाई शुभकामना दिन्छौं ।”


प्रतिक्रिया दिनुहोस

Loading...