शानदार जितका साथ फ्रान्सको सम्भावना कायमै (भिडियोसहित)

गोल गरेपछि खुशी मनाउँदै फ्रान्सका खेलाडीहरु ।

एजेन्सी । युईएफए युरोपियन यु–१९ च्याम्पियनसिपतर्फ फ्रान्सले टर्कीमाथि शानदार जित हात पार्दै नकआउट चरणमा प्रवेश गर्ने आफ्नो सम्भावना कायम राखेको छ । फिनल्याण्डमा जारी प्रतियोगिताको समूह बी तर्फ फ्रान्सले टर्कीलाई ५–० ले हरायो ।

फ्रान्सको जितमा रफिक ग्वीटानेले खेल शुरु भएको दोस्रो मिनटमै पहिलो गोल गरेका थिए । त्यस्तै खेलको २२ औं र ३४ औं मिनटमा अमिन गुरीले लगातार दुई गोल गर्दै फ्रेन्च टोलीको अग्रता तेब्बर पारेका थिए । खेलमा आफ्नो दबाब कायम राखेको फ्रान्सका लागि ५८ औं मिनटमा मौसा डियाबीले चौथो गोल गरे भने अन्तिमतिर इन्जुरी समयमा माइकल क्वीसेन्सले पेनाल्टीबाट गोल गर्दै फ्रान्सको शानदार जित सुनिश्चित गरे ।


समूह बी तर्फ कै अर्को खेलमा इङल्याण्डले युक्रेनसँग १–१ को बराबरी खेलेपछि फ्रान्सलाई थप फाईदा पुगेको हो । समूह बी मा समान ४–४ अंक जोडेका इङल्याण्ड र युक्रेन क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । त्यस्तै तीन अंक जोडेको फ्रान्स तेस्रो स्थानमा छ भने अंकविहीन टर्की पुछारमा छ । समूह चरणको अन्तिम खेलमा फ्रान्सले इङल्याण्डको सामना गर्नेछ भने टर्कीले युक्रेनसँग भिड्नेछ ।

फ्रान्स र टर्कीबीचको म्याच भिडियो हेर्नुहोस् :

इङल्याण्ड र युक्रेनको गोल हाईलाईट भिडियो हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस

Loading...