प्रि–सिजनको पहिलो खेलमै सम्भावित हारबाट जोगियो म्यानचेष्टर युनाइटेड (भिडियोसहित)

एजेन्सी । प्रि–सिजन टुर अन्तरगत अमेरिका भ्रमणमा रहेको इङलिस जायन्ट म्यानचेष्टर युनाइटेड आफ्नो पहिलो खेलमै सम्भावित हारबाट मुश्किलले जोगिएको छ । शुक्रबार युनाइटेडले आफ्नो पहिलो खेलमा मेक्सिकन प्रतिद्वन्द्वी क्लब अमेरिकासँग १–१ को बराबरी खेलेको छ ।


मेक्सिको सिटीस्थित क्लब अमेरिकाको घरेलु मैदान स्टाडियो अज्टेकामा सम्पन्न खेलको ५९ औं मिनटमा हेनरी मार्टिनको गोलबाट क्लब अमेरिकाले शुरुवाती अग्रता लिएको थियो । यद्यपि खेलको ७८ औं मिनटमा जुवान माटाले युनाइटेडका लागि बराबरी गोल फर्काउँदै इङलिस जायन्टको सम्भावित हार टारेका थिए ।

हेर्नुहोस् भिडियो :


प्रतिक्रिया दिनुहोस

Loading...