मेसीको छाँयाबाट निस्केर अब एम्बाप्पेको छाँयामा घुमीरहेका छन् नेमार !

एजेन्सी । रुसमा सम्पन्न फिफा विश्वकपको उपाधि फ्रान्सलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका युवा स्टार किलियन एम्बाप्पेको छाँयाबाट निस्किन अब ब्राजिलियन स्टार नेमारले पेरिसमा प्रयास गर्नुपर्ने भएको छ । नेमार र एम्बाप्पेले दुवै हाल फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट सँगै खेलिरहेका छन् ।

रसिया विश्वकपमा एकतिर एम्बाप्पेले फ्रान्सलाई विश्वकपको उपाति जिताएका थिए भने अर्कोतर्फ नेमारको टोली ब्राजील क्वाटरफाइनलबाटै बाहिरिएको थियो । स्मरणीय छ कि पिएसजीले गत समरमा नेमारलाई २२२ मिलियन युरोको विश्व किर्तिमानी रकममा अनुबन्ध गरेको थियो ।

यो स्थानान्तरणका लागि नेमार स्वयम् निधै इच्छुक पनि थिए । किनकी उनी बार्सिलोनामा अर्जेन्टिनी स्टार लियोनल मेसीको स्टार इमेजको पछाडी रहेर खेल्न चाहँदैनथे । नोउ क्याम्पमा मेसीको उपस्थितिमा नेमार स्टार बन्नबाट रोकिएको धेरैको बुझाई थियो ।


हाल आफ्नो फ्रेन्च क्लब टिममेट एम्बाप्पेले पनि विश्वकपमा प्रभावशाली प्रदर्शन गरेपछि अब आउँदो नयाँ सिजनमा क्लबमा एम्बाप्पे कै बढी प्रभाव देखिने निश्चित छ । एम्बाप्पेको उदयीमान स्टारडमका कारण नेमारको स्टार इमेजमा भने केही असर पर्ने जानकारहरु बताउँछन् ।

यो अवस्थामा अहिले आएर नेमार फेरि त्यहि परिस्थितिबाट गुज्रिने संघारमा छन्, जुन परिरिस्थितिबाट पार पाउन उनले नोउ क्याम्प छोडेका थिए । स्पेनिश अखबार एएसका अनुसार पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो युभेन्ट्समा आवद्ध भएपछि नेमार अहिले रियल आउने निकै हल्ला चलिरहेको छ ।

रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज पनि नेमारलाई क्लबको आइकनिक प्लेयर बनाउन चाहन्छन् । एकतिर रोनाल्डोले बर्नबेयु छोड्नु र अर्कोतर्फ पिएसजीमा एम्बाप्पेको लोकप्रियता बढ्नुले नेमार फेरि रियलको नजरमा पर्ने सम्भावना छ ।

यद्यपि रियलका अध्यक्ष पेरेजले यस समरमा नेमारलाई बर्नबेयु ल्याउन असम्भव रहेको कुरा पनि राम्रोसँग बुझेका छन् । पिएसजीका अध्यक्ष नासेर अल खलिफीले नेमारलाई तत्काल बेच्न चाहँदैनन् । हाल एम्बाप्पे र नेमारका लागि रियलले कुनै चासो नलिएको बताइएको छ । यद्यपि उता नेमारले आफ्नो परिस्थितिमा कस्तो निर्णय लिने हुन् त्यो भने हेर्न बाँकी छ ।


प्रतिक्रिया दिनुहोस

Loading...