निकै निराश र तनावमा छन् लेवान्डोस्की

एजेन्सी । पोल्याण्डका स्टार फरवार्ड रोबर्ट लेवान्डोस्कीका अनुसार रसिया विश्वकपमा खराब प्रदर्शनपछि उनको निन्द्रा बिथोलिएको र आफ्नै खराब प्रदर्शनबाट छुटकारा पाउन नसकेको बताएका छन् ।

जर्मन जायन्ट बायर्न म्युनिखबाट व्यवसायीक फुटबल खेलिरहेका रोबर्टले भर्खरै सम्पन्न रसिया विश्वकपमा एउटै गोल पनि गर्न सकेनन् । साथै समूह एच तर्फ पोल्याण्ड पुछारमा रहँदै विश्वकपबाट बाहिरिएको थियो ।

कुराकानीका क्रममा २९ बर्षिय लेवान्डोस्कीले भने, “मेरो रातको निद्रा बिथोलिएको छ । म सोच्दैछु आखिर हामीले कहाँ गल्ती गर्यौं ? म आफ्नो खेलहरुबारे पटक–पटक आँकलन गर्दैछु । मलाई विश्वास छ हामी यसबाट केही सिक्ने छौं । तर यो निकै तितो अनुभव थियो ।


अब हामी के गर्न सक्छौं ? जीवन त रोकिने छैन, के हामीले हार मान्ने ? आगामी भिडन्त छिटै शुरु हुँदैछ र हामी सही लयमा फर्किनुपर्छ । मलाई निकै दुःख लाग्छ । म आफ्नो व्यक्तिगत प्रदर्शनबाट पनि निराश छु । म यसलाई पचाउन सकिरहेको छैन, आखिर म पनि आम मानिस नै हुँ । मैले निकै गल्ती गरें ।

म विश्वकपमा निकै महत्कांक्षा लिएर पुगेको थिएँ, तर त्यो मेरो लागि घातक भईदियो । यथार्थता हामीले देखेको सपनाभन्दा निकै टाढा थियो । विश्वकप चलिरह्यो र हाम्रो मन दुःखी रह्यो ।”

जर्मन अखबार स्पोर्ट बिल्डका अनुसार बुधबारको रिपोर्टमा यी पोलिस फरवार्ड म्युनिखमा खुशी नरहेको बताइएको थियो । साथै उनले आफ्नो भविष्यलाई लिएर क्लबसँग छिटै मिटिङमा बस्ने समेत बताइएको छ । पछिल्ला केही समयदेखि केही रिपोर्टहरुले लेवान्डोस्की रियल मेड्रिड जाने कुरा पनि दावी गर्दै आईरहेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...