अफिसियल : विश्वकिर्तिमानी गोलरक्षक एलिसन लिभरपुलमा आवद्ध

एजेन्सी । ब्राजिलियन नम्बर एक गोलरक्षक एलिसनले एएस रोमाबाट इङलिस क्लब लिभरपुलमा आफ्नो स्थानान्तरण प्रक्रिया आधिकारिक रुपमै पूरा गरेका छन् । विश्व किर्तिमानी मूल्यमा एनफिल्ड आएका यी ब्राजिलियन गोलरक्षकले लिभरपुलसँग ६ बर्षको सम्झौता गरेका छन् ।


लिभरपुलले एलिसनका लागि कर्ति रकम खर्चिएको हो, त्यो नखुलाइए तापनि रोमाले यी २५ बर्षिय गोलरक्षकका लागि ७३ मिलियन युरो पाएको बताएको छ । यो अनुबन्धसँगै एलिसन विश्वको सबैभन्दा महँगा गोलरक्षक बनेका छन् । यसअघि सन् २००१ मा युभेन्ट्सले स्टार गोलरक्षक जियानलुईनी बुफोनका लागि पार्मालाई ५३ मिलियन युरो तिरेको थियो ।


लिभरपुलले यस समर अनुबन्ध गरेको एलिसन चौथो मूख्य खेलाडी हुन् । यसअघि क्लबले मोनाकोबाट ब्राजिलियन मिडफिल्डर फाबिन्हो, आरबी लिपजिगबाट नावी किटा तथा स्टोक सिटीबाट जारडन शाकिरीलाई अनुबन्ध गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...