इटालीसँग पोर्चुगल स्तब्ध (भिडियोसहित)

एजेन्सी । फिनल्याण्डमा जारी युईएफए युरोपियन यु–१९ च्याम्पियनसिपको समूह ए तर्फ बिहीबार राती सम्पन्न खेलमा इटालीले पोर्चुगलमाथि रोमाञ्चक जित हात पारेको छ । बिहीबार हिटालिटी स्टेडियममा सम्पन्न खेलमा इटालीले पोर्चुगललाई ३–२ ले हरायो ।

इटालीको जितमा क्रिष्टियन कापोने, जियानलुका स्कामाका र डेभिडे फ्रटेस्सीले एक–एक गोल गरे । उता पराजित पोर्चुगलका लागि मिगेल लुईस र डोमिन्गोस क्वीनाले एक–एक गोल फर्काए । यो जितसँगै इटाली २ खेलबाट ६ अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको छ । साथै इटालीको नकआउट चरणमा पुग्ने सम्भावना पनि लगभग पक्का भएको छ ।


उता २ खेलबाट ३ अंकका साथ पोर्चुगल दोस्रो स्थानमा छ । त्यसैगरी बिहीबार नै सम्पन्न अर्को खेलमा आयोजक फिनल्याण्डमाथि समान ३–२ को जित दर्ता गरेको नर्वे पनि ३ अंकका साथ तेस्रो स्थानमा छ भने अं्रकविहीन फिनल्याण्ड पुछारमा छ । र लगभग समूह चरणबाटै बाहिरिने निश्चित भएको छ ।

इटाली र पोर्चुगलबीचको खेलको गोल भिडियो हेर्नुहोस :

 


प्रतिक्रिया दिनुहोस

Loading...