अर्जेन्टिनाको ‘आत्मा’ बनिसकेका मेसीले सन्यास लिन हुन्न : टेभेज

एजेन्सी । रुसमा सम्पन्न २१ औं फिफा विश्वकपमा अर्जेन्टिनाको खराब प्रदर्शन पश्चात पनि अर्जेन्टिनाका पूर्व फरवार्ड कार्लोस टेभेजले स्टार फरवार्ड लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिन नहुने बताएका छन् ।

रसिया विश्वकपमा अर्जेन्टिना प्रिक्वाटरफाइनलमा फ्रान्ससँग ३–४ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । समूह चरणमा भने अर्जेन्टिनाले आइसल्याण्डसँग १–१ को बराबरी र क्रोएशियासँग ०–३ को हार बेहोरेको थियो । मेसी अझै पनि अर्जेन्टिनाको सिनियर उपाधिको खोजीमा छन् ।

उता टेभेजका अनुसार अर्जेन्टिनाका लिडिङ्ग गोलस्कोरर मेसीले अन्तर्राष्ट्रिय उपाधि हात पार्न अर्जेन्टिनाले अब थप बढी मिहिनेत गर्नुपर्ने बताएका छन् । इएसपिएनसँग कुरा गर्दै टेभेजले भने, “मलाई लाग्छ लियोले आफ्नो बारेमा सोच्नुपर्छ ।


उसले सोच्नुपर्छ यदि कुनै यस्तो प्रोजेक्ट नहोस जसले उसलाई खुशी बनाउँछ र सहज महशुस गराउँछ । किनकी यो अवस्थामा अर्जेन्टिनाको लागि जिम्मेवारी लिनु निकै कठिन हुन्छ । हामीले उसलाई खुशी राख्न नसक्दा र उसको लक्ष्य प्राप्तीमा सहयोग गर्न नसक्दा हामीले समय पनि त्यसै खेर फालीरहेका छौं ।

एउटा खेलाडी र अर्जेन्टिनीको हैसियतले म भन्न चाहन्छु कि हामीलाई मेसीको खाँचो छ । उनी केवल आरामका साथ शान्त भएर बस्नु आवश्यक छ । हामीलाई उनको आवश्यकता छ, किनकी उनी अर्जेन्टिनाको आत्मा हुन् ।

जबसम्म उनी फुटबल खेल्छन्, तबसम्म उनी यसरी नै बस्नुपर्नेछ । उनी अर्जेन्टिनाको एक आइडल हुन् र उनलाई यो जिम्मेवारी लिनुपर्छ । अब म उसलाई आराम गर्न र दिमागलाई शान्त राख्न भन्छु । त्यसपछि टिमलाई सम्हाल्न उनको मैदानमा खाँचो पर्नेछ ।”


प्रतिक्रिया दिनुहोस

Loading...