नेमारको बचाउमा उत्रिए काका

एजेन्सी । ब्राजीलका पूर्व स्टार प्लेमेकर काकाअनुसार ब्राजिलियन टोलीका स्टार फरवार्ड नेमारको बिना कारण आलोचना भईरहेको बताएका छन् । उनको विचारमा फिफा विश्वकप २०१८ मा ब्राजीलको हारमा नेमारलाई मात्र दोष दिन नहुने बताउँछन् ।

रसिया विश्वकपमा ब्राजीलका लागि नेमारले दुई गोल गरेतापनि ब्राजीलका दुई पूर्व स्टारद्वय रोनाल्डो र काफुले नेमारको चर्को आलोचना गरेका थिए । रसिया विश्वकप अघि ब्राजीललाई उपाधिको दावेदार मानिएको थियो । तर क्वाटरफाइनलमा बेल्जियमसँग पराजित भएपछि ब्राजील विश्वकपबाट बाहिरिएको थियो ।

विश्वकपका बेला विपक्षी खेलाडीहरुको चुनौतिको सामना गर्दै कथित प्ले एक्टिङ गरेको भन्दै पिएसजीका स्टार फरवार्ड नेमारको सामाजिक सञ्जालमा पनि आलोचना भएको थियो । यद्यपि अहिले आएर पूर्व रियल मेड्रिड र एसी मिलानका प्लेमेकर काका, नेमारको बचाउमा उत्रिएका छन् ।


काकाका अनुसार मानिसहरु नेमारलाई बेकारमा निशाना बनाईरहेका छन् । ओमनीस्पोर्टसँग कुराकानीका क्रममा काकाले भने, “हारपछि कुनै एक खेलाडीलाई खोजेर दोष दिनु मलाई मन पर्दैन र यस्ता कुरासँग मलाई मतलब पनि हुँदैन । विश्वकपमा ब्राजील हार्यो तर त्यसको जिम्मेवार नेमार होईनन् ।

ब्राजील क्वाटरफाइनलबाट बाहिरिएको हो । नेमारलाई लिएर मानिसहरुको प्रतिक्रिया असन्तुलित छ । जब उसले राम्रो गर्छ तब उ निकै ठूलो हुन्छ, र उसले राम्रो नगरे पनि उ निकै ठूलौ नै हुन्छ । २६ बर्षको यो केटालाई सबै कुरा सहनुपरेको छ । साथै उसलाई यो सब कुरा व्यवस्थापन पनि गर्नुपरेको छ । मलाई लाग्छ उनी ठिक छ्न् ।

जति मानिसहरुले नेमारको आलोचना गरेका छन्, उनीहरु नेमारभन्दा ठूलो छन् र परिपक्व छन् । यो उमेरमा यी सब कुराहरु झेल्नु कठिन हुन्छ । म नेमारको समर्थक हुँ । एउटा आम खेल व्यक्तित्वका रुपमा उनी उत्कृष्ट खेलाडी हुन् ।”

चर्चित फुटबल साईट गोलका अनुसार काकाले बेल्जियमविरुद्धको खेलमा नेमारले जे जस्तो प्रदर्शन गरे, त्यस्तो प्रशंसा उनले नपाएको दावी गरेका छन् । उनले अगाडी भनेका छन्, “नेमार निर्णायक थिए । उनले राम्रो पास दिए तर गोल गर्न सकेनन् । तर पनि खेलका बारेमा सोंचे । उसले हरसम्भव प्रयास गर्यो । कयौंपटक उसले आफ्नो टिममेटलाई गोलको नजिक पनि लग्यो तर पनि ब्राजील हार्न पुग्यो ।”


प्रतिक्रिया दिनुहोस

Loading...