चेल्सीका नयाँ प्रशिक्षक भन्छन् “ट्रान्सफर मार्केटसँग मतलब छैन”

एजेन्सी । चेल्सीका नयाँ म्यानेजर मौरिजियो सार्रीले क्लबको ट्रान्सफर नीतिसँग कुनै चासो नरहेको तथा इडन हजार्ड र थिबाउ कोर्टवालाई स्टामफोर्ड ब्रीज मै राख्न चाहेको बताएका छन् ।

केही साता अघि मात्र एन्टोनियो कोन्टेलाई विस्थापित गरेका सार्रीले भनेका छन्, “म यस्तो म्यानेजर हो, जसले मैदानमा बढी ध्यान दिन चाहन्छ । म जनरल म्यानेजरको स्थानमा फिल्ड म्यानेजर हो । मलाई त ट्रान्सफर मार्केन बोरिंग लाग्ने गर्छ ।

म ट्रान्सफर मार्केटबारे कुरा गर्न चाहन्न र मलाई यसतर्फ चासो पनि छैन । म्यानेजरका रुपमा हामीले टिममा रहेका खेलाडीहरुलाई उत्कृष्ट बनाउनुपर्छ ।”


चेल्सीले ५० मिलियन पाउण्डमा जर्जिन्होलाई अनुबन्ध गरेको थियो र यसबारे सार्रीले अगाडी भनेका छन्, “मैले क्लबसँग कुरा गरेको थिएँ र हामीलाई सेन्ट्रल मिडफिल्डमा निश्चित स्टाईलमा खेल्ने एउटा खेलाडी आवश्यक रहेको बताएको थिएँ । तर मैदानको अन्य क्षेत्रमा हामी हाई–लेभलमा छौं ।

क्लबको अन्तिम स्क्वाडसँग कस्तो फुटबल खेल्ने हो, त्यो त ट्रान्सफर विन्डोको अन्तिम दिन नै थाहा हुनेछ । चेल्सी र यहाँको खेलाडीहरुसँग घुलमिल हुनुपर्नेछ र टिमको क्वालिटी पनि बुझ्नु पर्नेछ ।”


सार्रीले हजार्ड र कोर्टवाका बारेमा भनेका छन्, “मलाई लाग्छ हजार्ड युरोपको टप दुई वा तीन खेलाडी मध्ये एक हुन् । मलाई आशा छ, उनलाई थप उत्कृष्ट बनाउनेछु । यो निकै कठिन हुनेछ, किनकी यहाँको लेभल निकै उच्च रहेको छ ।”


प्रतिक्रिया दिनुहोस

Loading...