स्टामफोर्ड ब्रीज फर्किए चेल्सी लिजेण्ड

एजेन्सी । चेल्सीका पूर्व इटालियन लिजेण्ड जियानफ्रान्को जोला नयाँ भूमिकाका साथ नयाँ सिजनका लागि फेरि स्टामफोर्ड ब्रीजमा फर्किएका छन् । ५२ बर्षिय जोला यसै सिजन चेल्सीको नयाँ म्यानेजरका रुपमा नियुक्त भएका मौरिजियो सार्रीको सहायकको भूमिकामा चेल्सीमा फर्किएका हुन् । चेल्सीले आफ्नो सामाजिक सञ्जालमा यसको पुष्टी समेत गरेको छ ।

जोलाले सन् १९९६ देखि २००३ सम्म स्टामफोर्ड ब्रीजमा शानदार सात सिजन बिताएका थिए । आउँदो १० अगस्तबाट शुरु हुन गईरहेको प्रिमियर लिगमा जोलाले सार्रीलाई इङलिस क्लबका लागि सघाउने छन् ।


जोलाले चेल्सीमा आवद्ध भएपछि भनेका छन्, “मेरो लागि यो शानदार अनुभव हुनेछ । म कडा मेहनत गर्न तयार छु र म स्टामफोर्ड ब्रीज फर्किएर निकै खुशी छु । यो कठिन चुनौति हुनेछ तर मौरिजियोलाई सफल बनाउन म आफ्नोतर्फबाट सक्दो प्रयास गर्नेछु । मैले खेलाडीका रुपमा पनि क्लबका लागि उत्कृष्ट गरेको थियँ । म यो नयाँ यात्राका लागि निकै उत्साहित छु ।”

जोला र सार्रीसहित चेल्सीका अन्य स्टाहरु बुधबार राती प्रि–सिजन टुरका लागि अष्ट्रेलियातर्फ प्रस्थान गरेका छन् । चेल्सीले आफ्नो प्रि–सिजन टुरको पहिलो खेलमा अष्ट्रेलियन क्लब पर्थ ग्लोरीको सामना गर्नेछ । त्यसपछि क्लब फेरि युरोप फर्किनेछ र इन्टरनेशनल च्याम्पियन्स कपमा सहभागी हुनेछ ।


च्याम्पियन्स कपअन्तरगत चेल्सीले २८ जुलाईका दिन इन्टर मिलानसँग खेल्नेछ भने १ अगस्तका दिन आफ्नो शहरी प्रतिद्वन्द्वी आर्सनलसँग भिड्नेछ । त्यसपछि ७ अगस्तका दिन चेल्सीले स्टामफोर्ड ब्रीज मै फ्रेन्च क्लब लियोनसँग भिड्नेछ । लगतै त्यसको दुई दिनपछि चेल्सीले वेम्बली स्टेडियममा म्यानचेष्टर सिटीसँग कम्युनिटी शिल्ड खेल्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...