विश्वविजेता फ्रान्सका खेलाडीहरुलाई देशको सर्वोच्च पदकले सम्मानित गरिने

एजेन्सी । फिफा विश्वकपको २१ औं संस्करण जितेको फ्रान्सका खेलाडीहरुलाई देशको सबैभन्दा ठूलो सम्मान ‘लीजियो डे अनर’बाट सम्मानित गरिने भएको छ ।


फ्रान्सको सरकारले मंगलबार यो कुराको घोषणा गरेको हो । फ्रान्सले आइतबार मस्कोस्थित लुझनिकी स्टेडियममा सम्पन्न फाइनलमा क्रोएशियालाई ४–२ ले हराउँदै दोस्रोपटक विश्वपको उपाधि जितेको थियो । यसअघि फ्रान्सले सन् १९९८ मा घरमै सम्पन्न विश्वकपको उपाधि पहिलो पटक जितेको थियो ।


फ्रेन्च टिमका खेलाडी तथा सदस्यहरुलाई फ्रान्सका राष्ट्रपति इमानुएल मेक्रोले स्वागत गर्नुका साथै विश्वविजेता टिमका लागि खुला बसमा परेडको आयोजना समेत गरिएको थियो । समर्थकहरुसँग जितको खुशीयाली मनाईसकेपछि फ्रेन्च टोलीलाई ‘लीजियो डे अनर’ पदवीले सम्मानित गरिने घोषणा गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...