बार्सिलोनाले गर्यो गत सिजन किर्तिमानी आम्दानी

एजेन्सी । स्पेनीस जायन्ट तथा ला लिगा च्याम्पियन बार्सिलोनाले क्लबको गत सिजन (२०१७–१८) को वार्षिक आम्दानीबारे सार्वजनिक घोषणा गरेको छ । बार्सिलोनाका बोर्ड अफ डाइरेक्टर्सहरुले गरेको हिसाब किताबअनुसार गत सिजन क्याटलन क्लबले ९१४ मिलियन युरो आम्दानी गरेको छ । यो बार्साको किर्तिमानी आम्दानी समेत हो ।

बार्सिलोनाले गत सिजन ला लिगाको उपाधि जितेको थियो । त्यसअघिको सिजन भने बार्सिलोनाका लागि खासै राम्रो रहेन । त्यतिबेला ला लिगाको उपाधि बार्साको चिरप्रतिद्वन्द्वी रियल मेड्रिडले जितेको थियो । गत सिजन बार्साले खेलको ३८ मध्ये १ खेलमा मात्र हार बेहोरेको थियो ।


त्यतिबेला यदि बार्सिलोनाले लेभान्टेलाई पराजित गरेको भए क्याटलन क्लब पूरै सिजन अपराजित रहने थियो । चर्चित फुटबल साईट गोलका अनुसार बार्सिलोनाले मैदानमा धेरै किर्तिमान बनाएको छ । ला लिगा सिजनको शुरुवात लामो समयसम्म अपराजित रहँदै एक किर्तिमान बनाएको बार्सिलोनाले अहिले आएर मैदान बाहिर पनि रेकर्ड बनाएको छ ।

बार्सिलोनाको कमाईको तथ्यांकलाई ध्यान दिने हो भने उसको वर्तमान नाफा ३२ मिलियन युरो छ भने नेट प्रफिट १३ मिलियन युरो रहेको छ । यो आम्दानीका आँकडा कायम रहे सन् २०२१ सम्म बार्सिलोनाको आम्दानी १ बिलियन युरो हुने जानकारहरु बताउँछन् । पछिल्लो सिजन बार्सिलोनाले ७०८ मिलियन युरो आम्दानी गरेको थियो । त्यो आम्दानी पनि त्यतिबेला आफैमा एक किर्तिमान थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...