रोनाल्डोलाई पछि पार्दै मेसी बने सर्वाधिक कमाई गर्ने फुटबलर

एजेन्सी । बार्सिलोनाका अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी युभेन्ट्सका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै विश्वको सबैभन्दा बढी कमाई गर्ने फुटबलर बनेका छन् । ताजा तथ्यांकअनुसार मेसीले आक्रमक रुपमा सुधार गर्दै रोनाल्डोलाई पछि पारेका छन् ।

स्पेनीस आउटलेट मार्काकाअनुसार मेसी एडिडास, पेप्सी, हुवेई, हाकर्स, गेटोरेड र ओरेडुसँग व्यवसायीक सम्झौतामा छन् । यसका साथै मेसीसँग बार्सिलोनामा आफ्नो परिश्रमिकलाई थप बुस्ट गर्ने अन्य थुप्रै विकल्प पनि छन् । मेसीले आउँदो सन् २०२० मा चीनमा आफ्नो थीम पार्क पनि खोल्न गईरहेका छन् ।

फोब्र्सका अनुसार मेसीले पछिल्ला क्यालेण्डर बर्षमा १११ मिलियन अमेरिकी डलर आम्दानी गरेका छन् । रोनाल्डोले भने १०८ मिलियन डलर कमाइ गरेका छन् । रोनाल्डोले यो आम्दानी नाइकी, इए स्पोर्टस्, अमेरिकन टुरस्टिर, हर्बलाईफ र उनको आफ्ने ब्राण्ड होटल, परफ्युम र अन्य उत्पादनहरुबाट गरेका हुन् ।


फोब्र्सले जारी गरेको यो सूचीमा चर्चित अमेरिकी बक्सर फ्लोएड मेवेदर शिर्ष स्थानमा छन् । उनले गत बर्ष २८५ मिलियन अमेरिकी डलर कमाएका थिए । यो सूचीमा मेसी अन्य खेलाडीहरु तथा सेलिब्रिटीहरुका साथ आठौं स्थानमा छन् ।

स्मरणीय छ कि ला लिगा च्याम्पियन बार्सिलोनाले मेसीलाई गत नोभेम्बरमा एउटा नयाँ कन्ट्रयाक्ट दिएको थियो । जसअनुसार उनको बार्षिक पारिश्रमिक बृद्धि भएर ८० मिलियन अमेरिकी डलर भईसकेको छ । उता रोनाल्डोले भने गत साता मात्र रियल मेड्रिड छोड्दै युभेन्ट्समा आवद्ध भएका छन् । जहाँ उनले बार्षिक रुपमा ३० मिलियन युरो कमाई गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...