थाहा पाउनुहोस फ्रान्सले विश्वकप जित्दा अफ्रिकाले किन मनायो भव्य खुशी (फोटो फिचर्स)

एजेन्सी । आइतबार सम्पन्न फिफा विश्वकपको फाइनलतर्फ फ्रान्स र क्रोएशियाबीचको भिडन्तको रोमाञ्चकता विश्वभरि नै व्यापक रुपमा फैलिएको थियो ।

त्यसबेला अफ्रिकी देशका समर्थकहरुले फ्रान्सबाट विश्वकप जित्ने आश समेत गरिरहेका थिए र भयो पनि त्यस्तै । फ्रान्सले क्रोएशियालाई ४–२ ले हराउँदै विश्वकपको उपाधि दोस्रोपटक जित्न सफल भयो ।


फिफा विश्वकप २०१८ मा अफ्रिकी देशहरुको सम्भावना समूह चरणबाटै समाप्त भईसकेको थियो । अफ्रिकाबाट सहभागी सेनेगल, मोरक्को, ट्युनिसिया, नाइजेरिया र इजिप्ट समूह चरणबाट बाहिरिसकेका थिए ।

यद्यपि त्यसपश्चात् अफ्रिकी देशका समर्थकहरुले फ्रान्सलाई समर्थन गर्न थाले किनकी फ्रेन्च टोलीमा रहेका २३ मध्ये १४ खेलाडी अफ्रिकी मूलका थिए । अथवा फ्रेन्च टोलीमा ६० प्रतिशत भन्दा बढी खेलाडी अफ्रिकी मूलका थिए ।

तीनै अफ्रिकी खेलाडीहरुले फ्रान्सलाई सन् १९९८ पछि दोस्रोपटक विश्वकपको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेले । विश्वभरि शरणार्थीहरुको बहस चलिरहेको बेला फ्रान्सले भाइचाराको एउटा नमूना सन्देश दिन पनि सफल भयो ।


उदाहरणका लागि फ्रेन्च टोलीका युवा स्टार किलियन एम्बाप्पेका पिता क्यामरुनका हुन् भने आमा अल्जेरियाकी । रसिया विश्वकपको सर्वोत्कृष्ट युवा खेलाडी समेत बनेका एम्बाप्पेले प्रतियोगिताभरि फ्रान्सका लागि चार गोल गर्दै टोलीलाई उपाधि जिताउन अहम भूमिका खेले ।

त्यस्तै फ्रेन्च टोलीका स्टार मिडफिल्डर पाउल पोग्बाका माता–पिता गिनीका हुन् । पोग्बाले विश्वकपको फाइनलमा फ्रान्सका लागि एक गोल समेत गरेका थिए । विश्वकपको फाइनलमा पोग्बाको प्रदर्शन निकै तारीफयोग्य समेत थियो ।

अफ्रिकी देशहरुसँग सामिप्यता रहेको फ्रेन्च टोलीका अन्य खेलाडीहरु यसप्रकार रहेका छन् :– सेमुएल उमटिटी (क्यामरुन), स्टीव मनडान्डा, प्रेसेनल किमपेम्बे र स्टिभन एनजोन्जी (डेमोक्रेटिक रिपब्लिक अफ कंगो), एन्गोलो कान्टे (माली), ब्लेज माटुइटी (अंगोला), कोरेन्टिन टोलिसो (टोगो), थोमस लेमार (नाइजेरिया) ।

तस्विरहरुमा हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस

Loading...