अष्ट्रेलियन क्लबमा आवद्ध हुने तयारीमा छन् विश्वचर्चित धावक बोल्ट

एजेन्सी । विश्वचर्चित तथा किर्तिमानी जमैकन धावक उसेन बोल्ट अष्ट्रेलियन लिग क्लब सेन्ट्रल कोस्ट मरिनर्समा आवद्ध हुने प्रक्रिया नजिक पुगेका छन् । उनी यहाँ ट्रायल दिएर पहिलोपटक व्यवसायीक कन्ट्रयाक्ट हात पार्ने योजनामा छन् । खबरअनुसार उनले सेन्ट्रल कोस्ट मरिनर्समा ६ हप्ता लामो ट्रायल दिनेछन् ।


मरिनर्सका मुख्य प्रबन्धक शान मिलेकेम्प यी जमैकन धावकले चर्चित ए लिग (अष्ट्रेलियन लिग) मा खेल्ने सम्भावनाबारे निकै उत्सुकता व्यक्त छन् । डेली टेलीग्राफसँग उनले कुराकानीका क्रममा भनेका छन्, “यो एउटा रियल फुटबलिङ्ग अवसर हो । यो कुनै स्टन्ट वा नौटंकी होईन । बोल्ट खेल्न पाउँछन् या पाउँदैनन् हामी जान्न चाहन्छौं । यदि उनले खेल्न पाए भने हाम्रो क्लबले एउटा यस्तो एथलेट पाउनेछ, जो पहिल्यैबाट स्टारका रुपमा विश्वचर्चित छन् ।”

स्मरणीय छ कि ३१ बर्षिय बोल्ट इङलिस जायन्ट म्यानचेष्टर युनाइटेडका ठूला फ्यान हुन् । उनले युनाइटेडबाट खेल्ने थुप्रैपटक इच्छा व्यक्त गरिसकेका छन् । साथै बोल्टले यसअघि जर्मन क्लब बोरुशिया डर्टमुण्डमा पनि ट्रायल दिईसकेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...