रोमाञ्चक जितका साथ डिफेन्डिङ च्याम्पियन इङल्याण्डको विजयी शुरुवात (भिडियोसहित)

एजेन्सी । फिनल्याण्डमा जारी युईएफए युरोपियन यु–१९ च्याम्पियनसिपमा डिफेन्डिङ च्याम्पियन इङल्याण्डले रोमाञ्चक जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ । सिनाजोकीमा सम्पन्न समूह बी तर्फको पहिलो खेलमा इङल्याण्डले टर्कीलाई ३–२ ले हरायो ।


इङल्याण्डको जितमा जफेट टंनगंगा, बेन्जामिन ब्रेरीटन र इलोट एम्बलटनले एक–एक गोल गरे । उता पराजित टर्कीका लागि गुभेन याल्चिन र मेटिहन गुच्लुले एक–एक गोल फर्काए । यो जितसँगै इङल्याण्डले १ खेलबाट तीन अंक जोड्दै राम्रो गोलभिन्नताका आधारमा युक्रेनलाई पछि पार्दै शिर्ष स्थानमा छ ।

उता समूह बी तर्फ मंगलबार नै फ्रान्समाथि १–२ को जित दर्ता गरेको युक्रेन दोस्रो स्थानमा छ भने अंकविहीन टर्की र फ्रान्स क्रमश तेस्रो र चौथो स्थानमा छ ।

इङल्याण्ड र टर्कीबीचको भिडियो हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस

Loading...