हजार्डका लागि रियल र बार्साको हरेक प्रस्ताव अस्वीकार गर्ने योजनामा चेल्सी

एजेन्सी । ताजा खबरअनुसार इङलिस क्लब चेल्सीले आफ्नो बेल्जियन स्टार इडन हजार्डका लागि रियल मेड्रिड र बार्सिलोनाबाट आउने कुने प्रस्ताव पनि अस्वीकार गर्ने मनसाय बनाएको छ । चेल्सीले यी बेल्जियन विंगरलाई स्टामफोर्ड ब्रीजमा राख्न हरसम्भव प्रयास गर्ने बताइएको छ ।

द टेलिग्राफमा प्रकाशित खबरअनुसार हजार्डका लागि चेल्सीले रियल र बार्सा मात्र नभएर अन्य क्लबहरुको प्रस्ताव पनि अस्वीकार गर्ने निर्णयमा पुगेको छ । टेलिग्राफका अनुसार चेल्सीले हजार्डलाई एउटा नयाँ प्रस्ताव गर्ने तयारीमा छ । जसमा उनले साता मै ३ लाख पाउण्ड पारिश्रमिक पाउने छन् ।

भर्खरै सम्पन्न फिफा विश्वकपतर्फ तेस्रो स्थानका लागि भएको प्ले अफमा इङल्याण्डलाई २–० ले हराउँदै बेल्जियमलाई ऐतिहासिक जित दिलाएपछि हजार्डले स्टामफोर्ड ब्रीजमा आफ्नो भविष्यबारे सोच्न चाहेको बताएका थिए । उनले मिडियासँग कुरा गर्दै भनेका थिए, “म छुट्टीमा जानेछु र आफैसँग प्रश्न गर्नेछु ।

चेल्सीमा शानदार ६ बर्ष बिताएपछि हुनसक्छ केही नयाँ कुरा सिक्ने समय आएको छ । मलाई यहि बस्नु छ या जानु छ यसबारे म निर्णय लिन सक्छु । तर मलाई जान दिने वा नदिने यसबारे चेल्सीले नै अन्तिम निर्णय लिनेछ ।”


साथै हजार्डले आफ्नो आगामी सम्भावित गन्तव्यबारे इशारा गर्दै पत्रकारहरुसँग भनेका थिए, “तपाईंहरु सबैलाई थाहा नै छ मैले चाहेको गन्तव्य कहाँ हो ।” द टेलीग्राफका अनुसार हजार्डका लागि तोकिएको २०० मिलियन युरोको मुल्यले कुनै पनि ट्रान्सफरमा ठूलो प्रभाव पार्न सक्छ ।

स्रोतका अनुसार यदि हजार्डका लागि चेल्सीलाई यो किर्तिमानी मूल्यको प्रस्ताव आए त्यसलाई ब्लुजले सिधै अस्वीकार गर्ने बताइएको छ । किनकी हजार्डलाई बेचेर पाएको रकम कहाँ, के का लागि खर्चिने त्यसबारे सोच्न पनि चेल्सीलाई समय लाग्ने भएकोले यी बेल्जियन स्टारलाई हतारमा बेच्ने मनसायमा छैन ब्लुज ।

बार्सिलोनाले नेमारलाई बेचेर गल्ती गरेको कुरा चेल्सीले दोहोर्याउन चाहन्न । त्यतिबेला बार्सिलोनाले नेमार गएपछि लिभरपुलका स्टार फिलिपे काउटिन्होलाई अनुबन्ध गर्न चाहन्थ्यो तर सफल हुन सकेन । त्यसपछि बार्साले उसमन डेम्बेलेलाई अनुबन्ध गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...