नयाँ भूमिकामा अर्जेन्टिनी लिजेण्ड

एजेन्सी । अर्जेन्टिनी लिजेण्ड डिएगो म्याराडोना खेलाडी, प्रशिक्षक हुँदै अब नयाँ भूमिका र नेतृत्वका साथ फुटबल मैदानमा फर्किएका छन् । ५७ बर्षिय म्याराडोनाले बेलारुसियन क्लब डाइनामो ब्रेस्टको अध्यक्ष पदको जिम्मेवारी पाएका छन् ।

बेलारुसियन प्रिमियर लिगको छैठौं स्थानमा रहेको ब्रेस्टले म्याराडोनालाई शानदार रुपमा क्लबका समर्थकहरु माझ स्वागत र पेश गरेको थियो । सो अवसरमा बेलारुसमा नयाँ भूमिकामा देखिनु अघि आफूले जिम्मेवारी सम्हालेको युएईको क्लब फुजैराहले उनलाई विशेष उपहारसहित सम्मान प्रकट समेत गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...