प्रि–सिजन टुरमा म्यानचेष्टर युनाइटेडसँगै अमेरिकातर्फ जान पाएनन् सान्चेज

एजेन्सी । इङलिस जायन्ट म्यानचेष्टर युनाइटेड प्रि–सिजन टुर अन्तरगत आइतबार अमेरिकातर्फ प्रस्थान गरे तापनि क्लबका स्टार प्लेयर एलेक्सिस सान्चेज भिषाको समस्याका कारण टोलीसँगै जान पाएनन् । यी चिलियन स्टारलाई यस बर्षको शुरुवात मै कर छलीको आरोपमा स्पेनबाट १६ महिनाको जेल सजाय सुनाइएको थियो । जुन उनले स्वीकार समेत गरेका थिए ।

यद्यपि म्यानचेष्टर युनाइटेडले भने सान्चेजलाई आउने दिनमा अमेरिका प्रवेशका लागि छुट मिल्ने र उनी छिटै क्लबको टिमसेटमा सामेल हुने विश्वास व्यक्त गरेको थियो । यदि सान्चेजको भिषा समस्या समाधान नभए उनी प्रि–सिजन टुरमा सामेल हुन सक्ने छैनन् । जसले उनको अभ्यासमा पनि असर गर्नेछ ।


यो अवस्थामा उनले सिजनको पहिलो खेल आउँदो ५ अगस्तका दिन एलियान्ज एरेनामा रेड डेभिल्सले बायर्न म्युनिखसँग भिड्दा खेल्नेछन् ।

म्यानचेष्टर युनाइटेडका म्यानेजर जोसे मौरिन्हो र अन्य क्लब सदस्यहरु लस एन्जल्सतर्फ प्रस्थान गरिसकेका छन् र क्लबले प्रि–सिजन टुर अन्तरगत आफ्नो पहिलो खेल बिहीबार क्लब अमेरिकासँग खेल्दैछ । युनाइटेडले यस क्रममा कुल पाँच खेल खेल्नेछ । जसमा इङलिस प्रतिद्वन्द्वी लिभरपुल, युरोपियन च्याम्पियन रियल मेड्रिड र इटालियन जायन्ट एसी मिलान सामेल छन् ।


पाउल पोग्बा, मार्कस रेशफोर्ड, जेसे लिंगार्ड, मारुआन फलइनी, रोमेलु लुकाकु, नेमान्जा मेटिक र डेभिड डे हेया जस्ता स्टार खेलाडीहरुले भर्खरै विश्वकप खेलेकाले उनीहरु प्रि–सिजन टुर अन्तरगत युनाइटेड टोलीमा सामेल हुने छैनन् ।


प्रतिक्रिया दिनुहोस

Loading...