साफ च्याम्पियनसिपमा भारतले सिनियर टिम नपठाउने

काठमाडौं (खेलदैनिक) । बंगलादेशमा आउँदो सेप्टेन्मबर ४ देखि १५ तारीखसम्म हुन गईरहेको साफ च्याम्पियनसिपमा भारतले आफ्नो सिनियर टोली नपठाउने भएको छ ।

भारतीय फुटबल टोलीका मुख्य प्रशिक्षक स्टिफन कोन्स्टेन्टाईनले यु–१९, यु–२३ खेलाडीहरुलाई साफ च्याम्पियनसिपको ३४ सदस्यीय प्रारम्भिक टोलीमा समावेश गरेका छन् । यु–१९ तर्फ चार खेलाडीहरुलाई राष्ट्रिय टोलीमा समावेश गरिएको छ जसले गत बर्षको अक्टुबरमा भारतमै सम्पन्न फिफा यु–१७ विश्वकप खेलेका थिए ।

फिफा यु–१७ विश्वकप खेलेका चार खेलाडीहरु प्रभसुखन सिंह गील, सुरेश सिंह वांगजम, रहिम अली र राहुल केपी रहेका छन् । यी चारै खेलाडी आउँदो जुलाई २८ देखि नयाँ दिल्लीमा शुरु हुने भारतीय टोलीको क्लोज क्याम्पमा सामेल गरिएका छन् । त्यसमध्ये अन्य २९ खेलाडीहरु यु–२३ टोलीका रहेका छन् ।

भारतीय टोलीका प्रशिक्षक स्टिफनले युवा खेलाडीहरुलाई समावेश गरेर साफ च्याम्पियनसिप खेल्नु एउटा चुनौति रहेको बताउँदै आफूहरुले त्यहि चाहेको समेत स्पष्ट पारेका छन् ।

साविक विजेता समेत रहेको भारत आउँदो साफ च्याम्पियनसिपतर्फ श्रीलंका र माल्दिभ्ससँगै समूह बी मा रहेको छ । समूह ए मा नेपाल, आयोजक बंगलादेश, भुटान र पाकिस्तान छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...