आगामी सिजन पनि पिएसजी रहनेछु : एम्बाप्पे

एजेन्सी । फ्रान्सलाई २१ औं फिफा विश्वकपको उपाधि जिताएका फ्रेन्च स्टार किलियन एम्बाप्पेले क्लब लेभलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) मै आवद्ध रहने आशय व्यक्त गरेका छन् । उता क्रिष्टियानो रोनाल्डो युभेन्ट्समा आवद्ध भएपछि अहिले रियल मेड्रिडले दुई फरवार्डलाई अनुबन्ध गर्न विचार गरिरहेको छ ।

रियल मेड्रिडको पहिलो रोजाईमा पिएसजी कै ब्राजिलियन स्टार नेमार छन् । साथै पछिल्ला केही दिन यता रियलले आफ्नो आधिकारिक प्रतिनिधीलाई नेमारका पितासँग आवश्यक सहमति बनाउन सान्तोष समेत पठाईसकेको छ ।


यद्यपि यस मामिलामा नेमारको स्थानान्तरण अझै कठिन छ । पिएसजीसँग नेमारको सम्झौता सकिन अझै पाँच बर्ष छ र नेमारको कन्ट्रायाक्टमा कुनै बाई–आउट क्लज पनि छैन । जसका कारण रियललाई पिएसजीसँगको यस स्थानान्तरणलाई लिएर कुराकानी गर्न निकै समस्या पर्ने देखिएको छ ।

फुटबल इतिहास मै सबैभन्दा ठूलो लगानी गरेको पिएसजीले नेमारलाई एक बर्ष मै बेच्न चाहँदैन । त्यसैले पनि नेमारलाई बर्नबेयु ल्याउने रियलको योजना सोंचेअनुरुप सहज छैन । नेमारको स्थानान्तरणमा समस्या देखिने भएपछि रियलले एम्बाप्पेलाई बर्नबेयु ल्याउन चासो दिन थालेको थियो । तर एम्बाप्पेले आफू पिएसजी मै रहने स्पष्ट पारेका छन् ।


विश्वकपमा प्रभावशाली प्रदर्शन गरेका एम्बाप्पेले कुराकानीका क्रममा भनेका छन्, “म शतप्रशित पिएसजी मै रहनेछु । म हाल आफ्नो करियरको शुरुवातमा छु । यो समयमा कुनै पनि किसिमको स्थानान्तरण असम्भव छ । म आफ्नो टिमका लागि निकै खुशी छु । हामीले निकै लामो समयदेखि संघर्ष गरेका छौं र हामी विश्वकप जितेर निकै खुशी छौं ।

हामीलाई थाहा छ अब हामी इतिहासको एक भाग भईसकेका छौं । फ्रेन्च समर्थक र आफ्नो परिवारलाई खुशी देख्नु निकै उत्कृष्ट क्षण हो । मलाई थाहा छ मेरो आगामी लक्ष्य के हो । म अझै उच्च तहमा पुगेको छैन । म आफ्नो मेहनतलाई निरन्तर जारी राख्नेछु ।”


प्रतिक्रिया दिनुहोस

Loading...