युभेन्ट्सले तत्काल रोनाल्डोको आधी ट्रान्सफर फी तिर्ने

एजेन्सी । क्रिष्टियानो रोनाल्डोको युभेन्ट्स स्थानान्तरणलाई आईरहेको तमाम खबरहरुका बीच एउटा महत्वपूर्ण खुलासाअनुसार युभेन्ट्सले रोनाल्डोका लागि रियललाई तत्काल ५० मिलियन युरो दिने बताइएको छ । साथै बाँकी ५० मिलियन युरो एक बर्षमा चुक्ता गरिने समेत स्रोतले जनाएको छ ।

स्पेनीस अखबार मार्काका अनुसार रोनाल्डोले रियलसँग आफूलाई बिक्री गर्न ६ महिनादेखि आग्रह गरिरहेका थिए । खास कुरा त रियल र युभेन्ट्सबीच निकै कम मात्रामा सहमति भएको बताइन्छ । रियलले रोनाल्डोका लागि १०० मिलियन युरो माग गरेको थियो जुन युभेन्ट्सले तत्काल स्वीकारेको थियो । यसका साथै युभेन्ट्सले यो सम्झौतामा एजेन्ट फी पनि तिर्ने पक्का भएको थियो ।


साथै दुई क्लबबीच रोनाल्डोको स्थानान्तरणलाई लिएर पहिला ५० मिलियन युरो र बाँकी ५० मिलियन युरो एक बर्षभित्र तिर्ने सहमति भएको थियो । यसका साथै रोनाल्डो रियल मेड्रिडले बेचेको सबैभन्दा महँगा खेलाडी समेत बनेका छन् ।

यद्यपि रोनाल्डो अझै पनि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नेमारका लागि तिरेको २२२ मिलियन युरो भन्दा निकै पछाडी छन् । साथै उनी किलियन एम्बाप्पेका लागि पिएसजीले तिरेको १८० मिलियन युरोको मुल्यभन्दा पनि निकै पछाडी छन् । यी तमाम कुराहरुकाबीच रोनाल्डो सबैभन्दा महँगो ट्रान्सफर लिस्टको शिर्ष दश भित्र दुईपटक पर्ने एक्ला खेलाडी बनेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...