डच डिफेन्टरलाई बेच्ने म्यानचेष्टर युनाइटेड र एयाक्सबीच बन्यो सहमति

एजेन्सी । इङलिस जायन्ट म्यानचेष्टर युनाइटेडले आफ्नो डच डिफेन्डर डेले ब्लिन्डलाई बेच्नका लागि उनको पुरानो क्लब एएफसी एयाक्ससँग सहमति बनाईसकेको पुष्टी गरेको छ । २८ बर्षिय ब्लिन्ड चार बर्ष अघि १४ मिलियन पाउण्डमा ओल्ड ट्राफोर्ड आएका थिए ।


ब्लिन्डका लागि युनाइटेड र एयाक्सबीच १४.१ मिलियन पाउण्डको सहमति भएको छ । यद्यपि त्यसमा बोनस रकम मिलाउँदा १८.५ मिलियन पाउण्डसम्म हुन सक्ने बताइएको छ । युनाइटेडले सोमबार राती ट्रान्सफर रकमलाई लिएर बनेको सहमतिबारे पुष्टी गरेको थियो । ब्लिन्डले एयाक्ससँग चार बर्षको सम्झौतामा हस्ताक्षर गर्नेछन् र छिट्टै मेडिकल पनि पूरा गर्नेछन् ।


ब्लिन्ड सन् २०१४ को सेप्टेम्बरमा तत्कालिन युनाइटेडका म्यानेजर लुईस भान हालको नेतृत्वमा एयाक्सबाट ओल्ड ट्राफोर्ड आएका थिए । यी डच डिफेन्डरले युनाइटेडको पहिलो रोजाईमा रहेर तीन सिजन बिताएका थिए । तर जोसे मौरिन्होको नेतृत्वमा उनले खासै गेम टाईम पाएका छैनन् ।


प्रतिक्रिया दिनुहोस

Loading...