पोर्चुगलको शानदार शुरुवात (भिडियोसहित)

गोल गरेपछि पोर्चुगलका खेलाडीहरु खुशी मनाउँदै ।

एजेन्सी । सोमबारदेखि फिनल्याण्डमा शुरु युईएफए यु–१९ युरोपियन च्याम्पियनसिपमा गत संस्करणको उपविजेता पोर्चुगलले शानदार जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ ।

हिटालटी स्टेडियममा समूह ए तर्फको भएको उदघाट्न खेलमा पोर्चुगलले नर्वेलाई ३–१ ले हराउँदै शानदार शुरुवात गरेको हो । पोर्चुगलको जितमा फ्रान्सिस्को ट्रिन्काओले खेलको २४ औं र अन्तिमतिर इन्जुरी समयमा गरी दुई गोल गरे । त्यस्तै थप एक गोल ४१ औं मिगेल लुईसले गरे । उता पराजित नर्वेका लागि एक मात्र सान्त्वना गोल ८२ औं मिनटमा ईमान मार्कोभिकले गरे ।


त्यसैगरी समूह ए तर्फ सोमबार नै भएको दोस्रो खेलमा इटालीले आयोजक फिनल्याण्डलाई १–० ले हरायो । इटालीको जितमा खेलको ४३ औं मिनटमा निकोलो जानिओलोले एक मात्र निर्णायक गोल गरे ।

समूह ए मा आयोजक फिनल्याण्डसँगै पोर्चुगल, इटाली र नर्वे रहेका छन् भने समूह बी तर्फ साविक विजेता इङल्याण्ड, फ्रान्स, टर्की र युक्रेन रहेका छन् ।

प्रतियोगितामा सहभागी कुल आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नुका साथै आगामी बर्ष पोल्याण्डमा हुने फिफा यु–२० विश्वकपका लागि छनौट हुनेछन् । त्यस्तै तेस्रो स्थानमा रहने टोलीले प्ले अफ खेल्न पाउने छन् ।

पोर्चुगल र नर्वेबीचको म्याच हाईलाईट भिडियो हेर्नुहोस :


प्रतिक्रिया दिनुहोस

Loading...