विश्वकपको फाइनलमा पोग्बाले बनाए म्यानचेष्टर युनाइटेडका लागि नयाँ किर्तिमान

एजेन्सी । स्टार मिडफिल्डर पाउल पोग्बा रसिया विश्वकपभरि फ्रेन्च टिमका लागि नयाँ भूमिकामा देखिए र प्रतियोगिताभरि उनको प्रदर्शन प्रभावशाली रह्यो । म्यानचेष्टर युनाइटेडमा सबैले उनको भूमिका सेन्ट्रल मिडफिल्डरको मान्छन् । जो डिप पोजिसनमा रहेर दगुर्ने, ट्याकल गर्ने, मूभको शुरुवात गर्ने, अवसर बनाउने र गोल गर्ने हुन्छ ।

तर विश्वकपमा फ्रान्सका लागि उनलाई मिडफिल्डमा एउटा सामान्य जिम्मेवारी दिइएको थियो । जसमा उनलाई कान्टे वा माटुईडीले राम्रो साथ दिएका थिए । यसका बावजुद पनि पोग्बाले फाइनलमा क्रोएशियाविरुद्ध ४–२ को जित हात पार्दा फ्रान्सका लागि एक गोल गर्दै आफूलाई ठूलो खेलमा ठूलो खेलाडी रहेको प्रमाणित गरे ।


यो गोलसँगै पोग्बा विश्वकपको फाइनलमा गोल गर्ने पहिलो म्यानचेष्टर युनाइटेडका खेलाडी बने । उनका पूर्व क्लब टिममेट ज्लाटन इबाहिमोभिचले ट्वीटरमा उनलाई बधाई दिंदै लेखेका छन्, “आलोचकहरुलाई बोल्न देउ, गेम आफै बोल्छ – पाउल पोग्बा ।”

विश्वकप उपाधि जितेपछि निकै खुशी देखिएका पोग्बाले आफ्नो ट्वीटरमा लेखेका छन्, “सबै फ्यानहरुलाई धन्यवाद । गड इज ग्रेट । यो ट्रफी मेरो आमा–बुवाको लागि । पोग्बाले विश्वकप जितेको दिन रातभरी खुशीयाली मनाएका थिए ।”

हेर्नुहोस फ्रेन्च टिम र पोग्बाको खुशीयाली :


प्रतिक्रिया दिनुहोस

Loading...