रोनाल्डोको युभेन्ट्स स्थानान्तरणले भयंकर प्रभाव पार्ने इटालीका पूर्व प्रधानमन्त्रीको भनाई

एजेन्सी । इटालीका पूर्व प्रधानमन्त्री र एसी मिलानको मालिक रहीसकेका मिडिया टाइकुन सिल्विया बर्लुस्कोनीले पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोको युभेन्ट्स स्थानान्तरणबारे आफ्नो विचार राखेका छन् । उनका अनुसार रोनाल्डोको तुरीन मुभले ठूलै प्रभाव पार्ने बताएका छन् ।

स्मरणीय छ कि युभेन्ट्सले गत साता मात्र रोनाल्डोलाई १०५ मिलियन युरोमा अनुबन्ध गरेको थियो । उनको अनुबन्धसँगै युभेन्ट्सका फ्यानहरुका एक किसिमको खुशीयाली समेत छाएको छ ।

एक अखबारलाई दिएको अन्तरवार्तामा इटालीका पूर्व प्रधानमन्त्री समेत रहीसकेका बर्लुस्कोनीले रोनाल्डोको अनुबन्धबारे आफ्नो विचार राख्ने क्रममा भनेका छन्, “एउटा मिलानको समर्थक भएको नाताले रोनाल्डोको अनुबन्धले एक भयंकर प्रभाव पार्नेछ । तर क्रिष्टियानो रोनाल्डो जस्ता एक महान च्याम्पियन सिरि ए मा आउनु वास्तव मै एउटा राम्रो कुरा हो । यो केवल युभेन्ट्सका लागि मात्र नभएर पूरै इटालियन फुटबलका लागि राम्रो कुरा हो । त्यसैले म युभेन्ट्स, उसको म्यानेजर र समर्थकहरुलाई बधाई दिन चाहन्छु ।”


बर्लुस्कोनी सन् १९८६ देखि २०१७ सम्म इटालियन जायन्ट एसी मिलानको अध्यक्ष रहीसकेका छन् । उनीभन्दा अघि अन्य थुप्रै चर्चित व्यक्तिहरुले रोनाल्डोको स्थानान्तरणलाई लिएर आ–आफ्नो विचार राखीसकेका छन् । यसअघि क्रिष्टियानो रोनाल्डोका एजेन्ट जर्जे मेन्डेसले यी पोर्चुगिज स्टारको युभेन्ट्ससँगको सम्झौता सकिएपछि उनले तुरीन मै सन्यास लिने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...