युभेन्ट्स मै सन्यास लिनेछन् रोनाल्डो : मेन्डेस

एजेन्सी । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोका एजेन्ट जर्जे मेन्डेसका अनुसार रोनाल्डोको युभेन्ट्समा अनुबन्ध समाप्त भएसँगै उनले सन्यास लिने बताएका छन् । रोनाल्डोलाई लिस्बोनबाट म्यानचेष्टर, मेड्रिड हुँदै तुरीन ल्याएका मेन्डेसले पोर्चुगिज स्टारको तुरीन अन्तिम गन्तव्य हुने बताएका छन् ।

मेन्डेसले भने, “म क्रिष्टियानोको लागि निकै खुशी छु । युभेन्ट्स उनको अन्तिम क्लब हुनेछ र म खुशी छु कि उनले यो निर्णय लिए । यो टिमसँग उनले आफ्नो उत्कृष्ट करियरको समापन गर्नेछन् । म युभेन्ट्सका अध्यक्ष आन्द्रे अग्नेल्लीलाई धन्यवाद दिन चाहन्छु ।

उनले रियल मेड्रिडसँग सहमतिका लागि निकै तत्परता र दृढता देखाए । यसका साथै म युभेन्ट्सका जनरल म्यानेजर बेप्पे मरोट्टालाई पनि उनको व्यवसायीकताका लागि धन्यवाद दिन चाहन्छु ।”


स्र्पोटिङ सिपी, म्यानचेष्टर युनाइटेड र रियल मेड्रिड हुँदै अब युभेन्ट्स रोनाल्डोको करियरको सम्भवत अन्तिम प्रोफेशनल क्लब हुनेछ । रोनाल्डोले आफ्नो व्यवसायीक करियरमा थुप्रै उपाधि जितेका छन्, र त्यसलाई इटालीमा पनि निरन्तरता दिन चाहन्छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...