दुई घट्नाबाट थाहा पाउनुहोस राष्ट्रिय टोलीमा कति हदसम्म छ मेसीको प्रभाव

एजेन्सी । स्पेनीस जायन्ट बार्सिलोनाको पर्याय बनिसकेका अर्जेन्टिनी स्टार लियोनल मेसीको वर्चश्व नोउ क्याम्पमा देख्न लायक नै रहेको छ । हुन पनि मेसीले बार्सिलोनासँग जित्नुपर्ने सम्भावित सबै ट्रफी जितिसकेका छन् ।

यद्यपि उनको यो वर्चश्व क्याटलन क्लबमा मात्र होईन अर्जेन्टिनी फुटबलमा पनि उनको प्रभाव गज्जब कै छ । यो अर्कै कुरा हो कि मेसीले अन्तर्राष्ट्रिय स्तरमा कुनै सफलता हासिल गरेका छैनन् । तर जब विश्वास र आशको कुरा आउँछ तब पूरै अर्जेन्टिनी टोलीको भरोसा मेसीमाथि हुन्छ ।

स्पेनीस अखबार एएसका अनुसार अर्जेन्टिनी प्रेसले राष्ट्रिय टोलीमा मेसीको प्रभाव देखाउने प्रयास गरेको छ । डेली न्युजपेपर क्लेरीनले यस बर्षका दुई घट्नाबारे चर्चा गर्दै अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीमा मेसीको दबदबाबारे खुलासा गरेको छ ।


पहिलो घट्ना स्पेनसविरुद्ध खेलिएको मैत्रीपूर्ण म्याचभन्दा अगाडीको हो, जसमा अर्जेन्टिनाले ६–१ को लज्जाजनक पराजय बेहोरेको थियो । र दोस्रो घट्ना जब अर्जेन्टिनी टोली विश्वकपका लागि रुसमा जम्मा भएको थियो ।

पहिलो घट्ना त्यतिबेला भयो जब अर्जेन्टिनाले इटाली र फ्रान्ससँग मैत्रीपूर्ण फुटबल खेलको तयारीका लागि म्यानचेष्टरमा थियो । म्यानचेष्टर सिटीको अभ्यास मैदानमा एक अभ्यास सिजनका क्रममा अर्जेन्टिनाको एक सहायक प्रशिक्षक सेवेस्टियन बेक्कासेसेले मेसीलाई केही निर्देशन दिने प्रयास गरेका थिए ।

उनले मेसीको केही खेल्ने शैलीमा सुधार गर्नुपर्ने बताईरहेका थिए र त्यसक्रममा सेवेस्टियनले मेसीको काँधमा हात राख्न पुगेका थिए । त्यसपछि मेसीले अर्जेन्टिनाका मुख्य प्रशिक्षक जर्जे साम्पाओलीलाई भेटेर चेतावनी दिंदै अब फेरि यस्तो नगर्न बताएका थिए ।

दोस्रो घट्ना अर्जेन्टिनी टिमको छनौटमा मेसीको प्रभावलाई देखाउँछ । क्लेरीनको दावीअनुसार मेसीले साम्पाओलीलाई फेडरिको फाजियो र जियोभानी लो सेल्सोलाई टिम सेटमा नराख्न कुरा गरेका थिए । त्यसपछि नै विश्वकपको प्रिक्वाटरफाइनलमा फ्रान्सविरुद्ध फाजियोले दोस्रो हाफमा मात्र खेल्न पाएका थिए भने लो सेल्सोले रसिया विश्वकपमा एक मिनट पनि खेल्न पाएनन् ।

क्लेरीनको दावीअनुसार अभ्यासका क्रममा पेरिस सेन्ट जर्मेनका स्टार लो सेल्सोले मेसीलाई पनि पछि पारेपछि मेसीले उनलाई टिम सेटमा ड्रप गर्न प्रशिक्षकसँग कुरा राखेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...