विश्वकपमा तेस्रो स्थान हासिल गरेको बेल्जियमको भव्य स्वागत, सबैको मुखमा “हजार्ड, हजार्ड”

एजेन्सी । रसिया विश्वकपमा आफ्नो उत्कृष्ट प्रदर्शनले सबैलाई प्रभावित पार्दै तेस्रो स्थान समेत हासिल गरेको बेल्जियम फुटबल टोलीरुलाई स्वेदशमा भव्य स्वागत गरिएको छ ।

यो सफलताको खुशीयाली मनाउन बेल्जियमको राजधानी बसेल्सस्थित सिटी सेन्टरमा एउटा कार्यक्रमको आयोजना गरिएको थियो र ओपन बसमा परेड पनि निकालिएको थियो । जहाँ हजारौंको संख्यामा बेल्जियम समर्थकहरु उपस्थित थिए ।

बेल्जियमले विश्वकपको उपाधि जित्न नसके तापनि रेड डेभिल्सको गोल्डेन पुस्ताले तेस्रो स्थान स्थान हासिल गर्दै इतिहास रच्न भने सफल भएको थियो । फ्रान्ससँग सेमिफाइनलमा पराजित भएपछि बेल्जियमले तेस्रो स्थानका लागि भएको खेलमा इङल्याण्डलाई २–० ले हराएको थियो ।


स्वदेश फर्किएपछि प्रशिक्षक रोबर्टो मार्टिनेजको टोलीलाई भव्य स्वागत गरियो । सिटी हलको बाल्कोनी बाहिर हजारौंको संख्यामा रहेका समर्थकहरुले बेल्जियन टोलीका सदस्यहरुलाई शानदार स्वागत गरेका थिए ।

बेल्जियमले विश्वकपको समूह चरणमा ट्युनिसिया, पनामा र इङल्याण्डलाई पराजित गरेको थियो भने प्रिक्वाटरफाइनलमा जापानविरुद्ध २–० ले पछि रहेको स्थिति उल्टाउँदै ३–२ को रोमाञ्चक जितका साथ क्वाटरफाइनल प्रवेश गरेको थियो । क्वाटरफाइनलमा बेल्जियमले पाँच पटकको च्याम्पियन ब्राजीललाई हराएको थियो ।

यसअघि बेल्जियम सन् १९८६ को विश्वकपको सेमिफाइनलमा पुगेको थियो । त्यतिबेला बेल्जियमले चौथो स्थानमा चित्त बुझाएको थियो । रुसबाट फर्किएपछि बेल्जियमको भिक्टरी परेड खुला बसमा निकालिएको थियो ।

बेल्जियम टिमका प्रशिक्षक रोबार्टो मार्टिनेजले भने, “जब हामी रुसमा थियौं तब पनि हामीलाई टोलीले इतिहास रच्नेछ भनेर सयौं म्यासेज आउने गर्दथ्यो । मलाई लाग्छ खेलाडीहरुले देशलाई गौरवान्वित बनाएका छन् । हामीले सबैलाई देखायौं कि हामी बेल्जियम हो ।”

हेर्नुहोस बेल्जियमको खुशी :

 


प्रतिक्रिया दिनुहोस

Loading...