नापोली आउन चाहन्थे रोनाल्डो : नापोली अध्यक्ष लाउरेन्टिस

एजेन्सी । इटालियन क्लब नापोलीका अध्यक्ष औरेलियो डे लाउरेन्टिसको दावीअनुसार उनको क्लब नापोलीलाई रियल मेड्रिडबाट पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोलाई अनुबन्ध गर्ने अवसर आएको थियो ।

स्मरणीय छ कि रोनाल्डोले हालै मात्र १०० मिलियन युरोको आसपासमा रियल मेड्रिड छाड्दै युभेन्ट्समा आवद्ध भईसकेका छन् । साथै यो अनुबन्धसँगै रोनाल्डोले बर्नबेयुमा आफ्नो शानदार नौ बर्षे यात्रालाई पनि टुंग्याईसकेका छन् ।

यद्यपि केही दिन अघिबाट आईरहेको खबरअनुसार रोनाल्डो पहिला नापोलीमा अनुबन्धित हुने प्रयास गरेका थिए । र अहिले नापोलीका अध्यक्ष लाउरेन्टिसले पनि आफ्नो क्लबले रोनाल्डोलाई अनुबन्ध गर्ने अवसर पाएको कुरा स्वीकारेका छन् । तर आर्थिक समस्याका कारण उनले यो स्थानान्तरण पूरा गर्न सकेनन् ।


लाउरेन्टिसले ला रेपब्लिकासँग कुरा गर्दै भनेका छन्, “रोनाल्डो नापोलीलाई अफर गरिएको थियो । उनको एजेन्ट मेन्डेसले मलाई फोन गरेका थिए । हामी एउटा प्रस्ताव गर्न पनि तयार थियौं र रोनाल्डो आएपछि उनीबाट आम्दानी रकमको केही प्रतिशत उनलाई दिन चाहन्थ्यौं । युभेन्ट्सले उनका लागि जुन खर्च (३५० मिलियन युरो, पारिश्रमिक) गरेको छ, त्यो हाम्रो क्षमता भन्दा बढी छ । हामीले क्लबलाई आर्थिक समस्यातर्फ धकेल्न सक्थ्यौं ।”

रिपोर्टअनुसार युभेन्ट्सले रोनाल्डोलाई चार बर्षका लागि अनुबन्ध गरेको छ । साथै उनले युभेन्ट्समा साताको पाँच मिलियन युरो पारिश्रमिक पाउने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...