कर छलिको मामिलामा रोनाल्डोको पक्राउ पुर्जी इटाली पनि जान सक्छ : स्पेनीस बित्त मन्त्रालय

एजेन्सी । रियल मेड्रिडका पूर्व स्टार क्रिष्टियानो रोनाल्डो इटालियन क्लब युभेन्ट्समा आवद्ध भए तापनि स्पेनीस बित्त मन्त्रालयले रोनाल्डोको पक्राउ पूर्जी इटालीमा पनि सक्रिय हुन सक्ने स्पष्ट पारेको छ ।

स्मरणीय छ कि गत बर्षको जुनमा रोनाल्डोले इमेज राईट्सबाट कमाएको रकम मध्ये स्पेनको कर नियोगलाई बुझाउनुपर्ने १४.८ मिलियन युरो बुझाएका थिएनन् । त्यसपछि गत मई महिनामा रोनाल्डोले यो मुद्दालाई बन्द गर्न स्पेनीस कर अथोरिटीलाई १४ मिलियन युरो तिर्ने प्रस्ताव गरेका थिए, जुन अथोरिटीले अस्वीकार गरेको थियो ।


स्पेनीस आउटलेट मार्काका अनुसार गेस्थाका महासचिव जोसे मारिया मोलिन्डोले रोनाल्डोको युभेन्ट्स स्थानान्रणका बावजुद पनि यो स्थितिमा कुनै परिवर्तन आउन दिएका छैनन् । युरोपा प्रेसलाई दिएको एक अन्तरवार्तामा उनले भनेका छन्, “युभेन्ट्सले रोनाल्डोलाई अनुबन्ध गरे तापनि उनको यो समस्यामा कुनै परिवर्तन आउने छैन ।

इटालीमा पनि उनको पक्राउ पुर्जी सक्रिय बनाउन सकिन्छ । उनको वकिलले उनलाई जोगाउन स्पेनीस अदालतमा आफ्नो प्रयास जारी राख्ने छन् । यस मुद्दामा युरोपियन अदालत पनि छ ।”

यसअघि हालै बाहिर आएको खबरअनुसार रोनाल्डोले मेड्रिड छोड्नु अघि स्पेनीस कर नियोगलाई तिर्नुपर्ने सबै रकम तिर्ने निर्णय गरेका छन् । उनी छिटै स्पेनीस कर नियोगसँग एक सम्झौतामा हस्ताक्षर गर्न गईरहेको बताइएको छ । साथै यसबारे थप आवश्यक परे उनको युभेन्ट्स स्थानान्तरणबारे पनि सोधपुछ हुन सक्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...