रोनाल्डोको सम्मानमा मार्सेलोको भावुक सन्देश

एजेन्सी । रियल मेड्रिडका ब्राजिलियन लेफ्ट ब्याक मार्सेलोले आफ्नो पूर्व क्लब टिममेट क्रिष्टियानो रोनाल्डोलाई उनको मानव गुण र मैदानमा उनले देखाएको क्षमताका लागि सम्मान व्यक्त गरेका छन् । मंगलबार राती इटालियन क्लबसँग चार बर्षको सम्झौता गर्दै रोनाल्डोले एउटा नयाँ चुनौति र स्टेजका लागि बर्नबेयु छोडेका छन् ।

उनले बर्नबेयुमा आफ्नो अमूल्य ९ बर्ष बिताएका थिए । यसक्रममा उनले थुप्रै उपलब्धी र सफलता हासिल गरेका थिए । स्मरणीय छ कि रोनाल्डोले जितेको प्रतिष्ठित पाँच बेलन डि अर मध्ये चार उनले रियल मेड्रिड मै हुँदा जितेका थिए ।

बर्नबेयुमा मार्सेलो र रोनाल्डो एक मिल्ने साथी हुनुका साथै यी दुईको आपसी समझदारी र उत्कृष्ट प्रदर्शनले रियल मेड्रिडलाई विश्व फुटबलमा एक महाशक्तिका रुपमा उभ्याएको थियो । ब्राजिलियन डिफेन्डर मार्सेलोले आफ्नो सामाजिक सञ्जालमा एउटा भावुक सन्देश पोष्ट गर्दै रोनाल्डोले रियल मेड्रिड छोड्नुमा दुःख व्यक्त गरेका छन् । साथै उनले रोनाल्डो र उनको परिवारलाई शुभकामना पनि दिएका छन् ।


आफ्नो इन्स्टाग्राममा मार्सेलोले लेखेका छन्, “मैले कसम खाएर भन्छु, यस्तो दिन आउँछ भनेर मैले कहिल्यै सोचेको थिएन । तर यो जीवनमा सधैका लागि केही कुरा पनि छैन । मलाई आशा छ तिम्रो नयाँ यात्राको शुरुवातका लागि तिमी खुशी छौ रोनाल्डो ।

तिमीसँग खेलेको लगभग दश बर्ष भईसक्यो । यो दश बर्षको आनन्द, सुन्दर फुटबल, धेरै सफलता र धेरै असफलताका साथै केही विशेष क्षणहरु, मैले तिमीबाट धेरै कुरा सिकें । तिमीभित्रको सबैभन्दा राम्रो कुरा तिम्रो समर्पण थियो जुन मैले एउटा खेलाडीमा देखेको छु । म खेलअघिको तिम्रो कुराहरुलाई मिस गर्नेछु जुन सधै सही हुने गथ्र्यो ।

यसका साथै तिमीले फाइनल अघि सबैलाई आफ्नो अनुभवबाट आश्वासन दिने गथ्र्यौ र आफूभन्दा सानालाई माया । तिमी एउटा उत्कृष्ट खेलाडी नभएर तिमी जस्तो छौं त्यहि भएर मलाई गर्व छ कि म तिमीसँग खेले । जब म खेल्न छोड्छु तब कुनै बारमा बसेर बियर पिउँदै हाम्रो कथा सुनाउँनेछु र हाम्रो सबै फोटो देखाउने छु ।”


प्रतिक्रिया दिनुहोस

Loading...