विश्वकप फाइनलको दावेदार होईनौं हामी : पोग्बा

एजेन्सी । स्टार फ्रेन्च मिडफिल्डर पाउल पोग्बाका अनुसार फिफा विश्वकपतर्फ आइतबार मस्कोमा हुने फाइनल खेलमा क्रोएशियाविरुद्ध फ्रान्स बलियो प्रत्याशी नरहेको बताएका छन् ।

धेरै समर्थकहरुले क्रोएशियाभन्दा फ्रान्स निकै उत्कृष्ट र बलियो टिम रहेको मान्छन् । यद्यपि २५ बर्षिय पोग्बा भने यी कुराहरुलाई मान्न तयार छैनन् ।


पोग्बाले एक पत्रकार सम्मेलनमा बोल्दै भने, “मलाई लाग्दैन हामी दावेदार छौं । यो एउटा विश्वकपको फाइनलमा हो । क्रोएशियाको मानसिकता निकै बलियो छ । उनीहरुले इङल्याण्डविरुद्ध पछि परेर पनि खेलमा फर्किएका थिए ।

उनीहरु हामीभन्दा ९० मिनट बढी खेले तापनि क्रोएशियाले फाइनल जित्न सक्दो प्रयास गर्नेछन् । मलाई लाग्दैन हामी फाइनलको दावेदार छौं । विश्वकप शुरु हुनु अघि सबैले हामीलाई शंका गर्ने गर्थे र अहिलेसम्म हामीले केही जितेका छैनौं । हामी विश्वकप जित्न चाहन्छौं ।”


प्रतिक्रिया दिनुहोस

Loading...