विश्वकपमा रेसिज्म होईन सेक्सिज्म बढी !

एजेन्सी । जारी रसिया विश्वकपका आधिकारिक ब्रोडकास्टरहरुलाई फिफाले स्टेडियममा उपस्थित युवा महिलाहरुतर्फ बढी क्यामरा फोकस नगर्न र उनीहरुलाई बढी जुम इन नगर्न चेतावनी दिएको छ ।

फिफाले यो चेतावनी आफ्नै टिभी प्रोडक्सन टिमलाई पनि दिएको छ । फेयर नेटवर्कका निर्देशक पियरा पोवरका अनुसार विश्वकप जस्तो ठूलो प्रतियोगितामा रेसिज्म भन्दा सेक्सिज्मसँग सम्बन्धित घट्ना बढी हुन सक्ने डर रहेको बताएका छन् ।


उनले मिडियासँग कुराकानीका क्रममा भनेका छन्, “जारी विश्वकपमा अहिलेसम्म यस्ता ३० मामलाहरु मेरो टिमसमक्ष आएका छन् । जसमध्ये केही पुरुष समर्थकहरुले एसियाली महिलाहरुसँग अभद्र व्यवहार गरेका थिए । तर यस्तो घट्ना रिपोर्टभन्दा १० गुणा बढी हुन सक्छ ।”

स्मरणीय छ कि विश्वकपमा सेक्सिज्मको घट्ना बढी घट्ने गरेको पाइएको छ । उदाहरणका लागि हालै एक महिला रिपोर्टरलाई एक पुरुष समर्थकले जबरजस्र्ती किस गरेका थिए । रुसमा विश्वकप शुरु हुनु अघि रंगभेदीका घट्ना तथा समलैंगिकहरुसँग दुव्र्यवहार हुन सक्ने अनुमान गरिएको थियो । तर अहिलेसम्म सेक्सिज्म कै घट्ना बढी बाहिर आएका छन् ।


फिफाले यस्ता घट्नाहरुलाई ध्यानमा राख्दै अफिशियल ब्रोडकास्टरहरुलाई महिला समर्थकहरुतर्फ बढी जुम ईन नगर्न निर्देशन दिएको छ । हालै विश्वकपमा फोटो एजेन्सी गेटी इमेजले महिला समर्थकहरुले एक फोटो ग्यालरी बनाएको थियो । जसलाई पछि उसले माफी माग्दै हटाएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...