लिभरपुलमा आवद्ध भए स्वीस स्टार शाकिरी

एजेन्सी । इङलिस क्लब लिभरपुलले स्वीटजरल्याण्डका स्टार विंगर जारडान शाकिरीलाई स्टोक सिटीबाट पाँच बर्षका लागि एनफिल्डमा भित्राएको छ । क्लबले यसबारे आफ्नो सामाजिक सञ्जालमा पुष्टी पनि गरेको छ ।

लिभरपुलले शाकिरीको रिलिज क्लब १३.७५ मिलियन पाउण्ड तोकेको छ । २६ बर्षिय शाकिरी अब आउँदो सन् २०२३ सम्म एनफिल्ड मै रहनेछन् ।


रसिया विश्वकपमा शाकिरीले सर्बियाविरुद्ध गोल समेत गरेका थिए । त्यस्तै शाकिरीको टोली स्वीटजरल्याण्डले नकआउट चरणसम्मको यात्रा तय गरेको थियो । यद्यपि नकआउट चरणमा स्वीस टोली स्वीडेनसँग पराजित हुन पुगेको थियो ।


शाकिरीले सन् २०१५ को अगस्तमा क्लबको किर्तिमानी मूल्यमा इन्टरबाट स्टोकमा आवद्ध भएका थिए । त्यसअघि उनले जर्मन जायन्ट बार्यन म्युनिखबाट पनि खेलेका थिए र च्याम्पियन्स लिगको उपाधि समेत जितेका थिए ।

स्टोक सिटी गत सिजन प्रिमियर लिगबाट रेलिगेशनमा परेको थियो । यद्यपि २६ बर्षिय शाकिरीले क्लबका लागि सबैभन्दा बढी ८ गोल गरेका थिए । शाकिरीले लिभरपुलको २३ नम्बर जर्सी लगाउने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...