पिएसजी र बुफोनको खेल्ने शैली फरक : बर्नार्ड

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) र फ्रान्सका पूर्व गोलरक्षक बर्नार्ड लामाले गत साता मात्र फ्रि ट्रान्सफरमा पिएसजीमा आवद्ध भएका इटालियन गोलरक्षक जियानलुईगी बुफोनको अनुबन्धप्रति चिन्ता व्यक्त गरेका छन् । स्मरणीय छ कि बुफोनले १७ बर्षे लामो यभुेन्ट्ससँगको यात्रा समाप्त गर्दै गत साता पिएसजीमा आधिकारिक रुपमै आवद्ध भएका थिए ।

फ्रान्स फुटबलसँग कुराकानीका क्रममा बर्नार्डले बुफोनको व्यक्तित्व र जित्ने मानसिकताको खुबै प्रशंसा गर्नुका साथै उनले बुफोन र पिएसजीको खेल्ने शैलीबारे पनि चर्चा गरेका छन् ।

बर्नार्ड भन्छन् “सबैभन्दा पहिला त बुफोन जस्तो उत्कृष्ट र अनुभवी खेलाडी अनुबन्ध गरेकोमा पिएसजीलाई बधाई दिन चाहन्छु । साथै उनको र पिएसजीको खेल शैलीको अन्तरले पनि मलाई निकै चिन्तित तुल्याएको छ ।

पिएसजी बलमा बढी दबाब राख्दै मैदानको दोस्रो भागमा बढी आक्रमक खेल्न मन पराउँछ । त्यसैले टिममा यस्तो गोलरक्षकको आवश्यक छ जसले अगाडी दबाब दिन सकोस् । तर बुफोनको बुझाई त्यस्तो छैन । इटालीमा उनले कहिल्यै यस्तो किसिमको खेल शैलीको अनुभव गरेका छैनन् । उनी आजको जस्तो बल खेल्ने किपरहरु जस्तो छैनन् ।”

साथै बर्नार्डका अनुसार युभेन्ट्सले बुफोनसँग नयाँ अनुबन्ध नगर्नु र पिएसजीले उनलाई पेरिस ल्याउन राम्रो अवसर रहेको बताए । क्लबमा रहेका युवा गोलरक्षक तथा अन्य खेलाडीहरुलाई बुफोन जस्ता अनुभवी र हस्ती खेलाडीले राम्रो मार्गनिर्देशन गर्ने समेत उनले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...