बार्सिलोनाले चेल्सीको स्टार विंगरका लागि गर्यो दोस्रो बिड

एजेन्सी । स्काई स्पोर्टस्का अनुसार स्पेनिस जायन्ट बार्सिलोनाले चर्चित ब्राजिलियन विंगर विलियनका लागि इङलिस क्लब चेल्सी समक्ष ५३ मिलियन पाउण्डको दोस्रो बिड पेश गरेको छ । यसअघि बार्साले विलियनलाई नोउ क्याम्प ल्याउन बोनससहित ५० मिलियन पाउण्डको प्रस्ताव गरेको थियो, जसलाई चेल्सीले अस्वीकार गरेको थियो ।

एटलेटिको मेड्रिडका फ्रेन्च स्टार एन्टोइन ग्रिजमन नोउ क्याम्प आउन अस्वीकार गरेपछि क्याटलन क्लबले २९ बर्षिय ब्राजिलियन विंगरलाई भित्राउन पछिल्लो एक महिनादेखि प्रयासरत छ । बार्साबाहेक विलियनलाई किन्न म्यानचेष्टर युनाइटेड पनि इच्छुक छ । तर चेल्सीले आफ्नो प्रतिद्वन्द्वी क्लबलाई बेच्न इच्छुक छैन ।


चेल्सीले भर्खरै म्यानेजर एन्टोनियो कोन्टेलाई बर्खास्त गरेको छ । कोन्टेसँग विलियनको राम्रो सम्बन्ध थिएन । अब चेल्सीको जिम्मेवारी मौरिजियो सार्रीले सम्हाल्ने लगभग निश्चित भईसकेको छ । त्यसैले पनि विलियनका लागि गरिएको कुनै पनि बिड स्वीकार गर्नुअघि अब आउने नयाँ म्यानेजरसँग यसबारे छलफल गरिने स्रोतको दावी छ ।


चेल्सीले विलियनका लागि ७० मिलियन पाउण्डको मूल्य तोकेको छ । यद्यपि बार्सिलोना विलियनका लागि त्यति रकम तिर्न चाहन्न बरु त्यसवापत क्याटलन क्लबले चेल्सीलाई नगद रकम प्लस प्लेयरको स्वाप डिल गर्न चाहन्छ । बार्साले विलियनका लागि अर्का ब्राजिलियन मिडफिल्डर राफिन्हालाई विकल्पका रुपमा राखेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...